काठमाडौं । सूचना तथा संचारमन्त्री रेखा शर्माले अर्थमन्त्री बिष्णु पौडेलसँग राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा एम.बि.बि.एस. पढाई संचालन गर्न र अलपत्र रहेको घोराही – तुलसीपुर चारलेन सडक निर्माणका बिषयमा छलफल गर्नु भएको छ ।
अर्थमन्त्री बिष्णु पौडेल निवासमा आज दुबै पक्षका बिच छलफल भएको हो । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान स्थापना भएको लामो समय बितिसक्दा पनि पढाई संचालन नभएको बताउँदै त्यसका लागि आबश्यक पर्ने बजेट र प्रतिष्ठानलाई चाहिने जग्गा ब्यबस्थापन गर्ने बिषयमा छलफल भएको संचारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । यसका साथै अलपत्र परेको घोराही –तुलसीपुरको चारलेन सडक निर्माणका बिषयमा कुराकानी भएको थियो ।
ठेकेदारले समयमै काम नगर्दा ठुलो जनधनको क्षति भएको बताउँदै तत्काल सडक बनाउँने बिषयमा कुन उपाय अबलम्बन गर्न सकिन्छ भनेर छलफल भएको थियो । घोराही तुलसीपुर सडक बनाउँन खनिएको खाल्डोमा परि हाल सम्म २५ जनाको मृत्यु भएको छ ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।