• ४ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रोल्पामा माघी मेला तथा फुटबल प्रतियोगिता सम्पन्न




भ्युमान पुन
माघ ७ रोल्पा। राेल्पाकाे माघी मेला तथा फुटबल प्रतियाेगीताकाे ११औं संस्करणमा गुरूङ गाउँ समूहलाई २-०गोलको अन्तरले हराउदै एफ.सि माडीचौर उपाधी चुम्न सफल भएको हो ।

माघ पर्बकाे अवसरमा राेल्पा नगरपालिका वडा नं. ७ को आयोजना भएको उक्त प्रतियोगितामा १६ वटा टिमले भाग लिएका थिय ।

रोल्पा नगरपालिका वडा नं. ७ माडी चौर खेल मैदान भयको निकै प्रतिस्पर्धा खेलमा, खेल सुरुभको १०औं मिनेटमा एफ .सि माडी चौर टिमका बिजेन्द्र घर्ती (राते)ले १ गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसैगरि ५०औं मिनेटमा बिजेन्द्र घर्ती मगरको असिस्टेन्टमा एफ .सि माडी चौर टिमका स्टाइगर बिनाेद केसीले दोस्रो गाेल गर्दै जित तर्फ लगेको थिए त्यस पछि दुबै टिम बाट गोल हुन सकिन र एफ .सि माडी चौर बिजय हुँदै उपाधी रक्षा गर्न सफल भयो।

विजेता टिमलाई रू ३०,०००(तीस हजार ) र उपविजेता टिमलाई रू २०हजार (बीस हजार )त्यसैगरी तृतीय टिमलाई १०,०००(दश हजार ) प्रदान गरिएको राेल्पा नगरपालिका वडा नं. ७ क्लबका सदस्य दिपेश बुढाले बताए उक्त प्रतियोगिताको उद्घाटन पुर्वमन्त्री बर्षमान पुनले गर्नु भएको थियो ।

Facebook Comments