• ३ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोराहीमा उपमेयर कप छात्रा भलिबल प्रतियोगिता सुरु




पाँचौँ संस्करणको मेयर कप फुटबल प्रतियोगिता समापन भएसँगै घोराही उपमहानगरपालिकामा  शुक्रबारदेखि तेश्रो संस्करणको उपमेयर कप छात्रा भलिबल नकआउट प्रतियोगिता–२०७९ सुरुभएको छ ।

प्रतियोगिताको उदघाटन खेलमा साविक विजेता पद्मोदय पब्लिक नमूना मावि भरतपुर, ज्ञानसिन्धु मावि घोराही र महेन्द्र मावि धर्नाले विजयी शुरुवात गरेका छन् । उद्घाटन खेलमा साविक विजेता पद्मोदय मावि भरतपुरले मावि रतनपुरलाई सोझो सेटमा हराउँदै विजयी शुरुवात गरेको छ । पद्मोदयले रतनपुर माविलाई २५–५ र २५–१२ को सोझो सेटमा हराएको हो ।

यसैगरी, दोश्रो खेलमा ज्ञानसिन्धु मावि घोराहीले मावि हापुर बिजौरीलाई २५–१८ र २५–१८ को सोझो सेटमा हराएको छ । यस्तै, तेश्रो खेलमा महेन्द्र मावि धर्नाले गंगा मावि रामपुरलाई २५–६ र २५–५ को सोझो सेटमा हराउँदै अर्को चरणमा प्रवेश गरेको छ । आज भएको तीन वटै प्रतियोगितामा पराजित भएका टीम बाहिरिएका छन् भने विजयी भएका पद्मोदय मावि भरतपुर, ज्ञानसिन्धु मावि घोराही र महेन्द्र मावि धर्ना अन्तिम आठमा पुगेका छन् । यसअघि पनि पद्मोदय मावि भरतपुरले पहिलो र दोश्रो संस्करणको प्रतियोगिता जितेको थियो । पहिलो संस्करण २०७६ मा गोरखा मावि घोराही र दोश्रो संस्करण २०७७ मा ज्ञानसिन्धु मावि घोराहीलाई फाईनलमा हराउँदै पद्मोदयले उपाधि जितेको थियो । गत वर्षभने कोरोनाका कारण प्रतियोगिता स्थगित भएको थियो ।

जारी प्रतियोगितामा उपमहानगरपालिका भरका १६ वटा विद्यालयले भाग लिएका छन् । दुई समुह बनाएर खेलाईने खेल नकआउटका आधारमा रहेको छ । समुह ए मा पद्मोदय पब्लिक नमूना मावि भरतपुर, मावि रतनपुर, गंगा मावि रामपुर, महेन्द्र मावि धर्ना, गोरक्ष रत्ननाथ मावि चौघेरा, स्टार बोर्डिङ स्कुल, हापुर मावि निघुवार र मनकामना बोर्डिङ स्कुल रहेका छन् । यस्तै, समुह बी मा ज्ञानसिन्धु मावि घोराही, मावि हापुर बिजौरी, सरस्वती मावि भरतपुर, बालविकास मावि घोराही, मावि रझेना, जयशेर मावि रावतगाउँ र सिद्धरत्ननाथ मावि नारायणपुर रहेका छन् ।

आगामी ११ गते फाईनल खेल खेलाउने गरी खेल तालिका बनाईएको छ । घोराही १५ जिल्ला समन्वय समितिको शहिद मन्चको कोर्टमा जारी प्रतियोगितामा हरेक दिन ३ वटा खेल आयोजना गरिने भएको छ । कुल १५ वटा खेल हुने गरी तालिका बनाइएको छ । अब प्रतियोगिता अन्तरगत शनिबार बालविकास मावि घोराही र सरस्वती मावि भरतपुर बीच खेल हुनेछ भने गोरक्ष रत्ननाथ मावि चौघेरा र स्टार बोर्डिङ स्कुल घोराही बीच खेल हुने भएको छ । यस्तै, दोश्रो दिनको अन्तिम खेलमा गोरखा मावि घोराही र मावि रझेनाबीच खेल हुनेछ ।

Facebook Comments