• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा उपमेयर कप छात्रा भलिबल प्रतियोगिता सुरु




पाँचौँ संस्करणको मेयर कप फुटबल प्रतियोगिता समापन भएसँगै घोराही उपमहानगरपालिकामा  शुक्रबारदेखि तेश्रो संस्करणको उपमेयर कप छात्रा भलिबल नकआउट प्रतियोगिता–२०७९ सुरुभएको छ ।

प्रतियोगिताको उदघाटन खेलमा साविक विजेता पद्मोदय पब्लिक नमूना मावि भरतपुर, ज्ञानसिन्धु मावि घोराही र महेन्द्र मावि धर्नाले विजयी शुरुवात गरेका छन् । उद्घाटन खेलमा साविक विजेता पद्मोदय मावि भरतपुरले मावि रतनपुरलाई सोझो सेटमा हराउँदै विजयी शुरुवात गरेको छ । पद्मोदयले रतनपुर माविलाई २५–५ र २५–१२ को सोझो सेटमा हराएको हो ।

यसैगरी, दोश्रो खेलमा ज्ञानसिन्धु मावि घोराहीले मावि हापुर बिजौरीलाई २५–१८ र २५–१८ को सोझो सेटमा हराएको छ । यस्तै, तेश्रो खेलमा महेन्द्र मावि धर्नाले गंगा मावि रामपुरलाई २५–६ र २५–५ को सोझो सेटमा हराउँदै अर्को चरणमा प्रवेश गरेको छ । आज भएको तीन वटै प्रतियोगितामा पराजित भएका टीम बाहिरिएका छन् भने विजयी भएका पद्मोदय मावि भरतपुर, ज्ञानसिन्धु मावि घोराही र महेन्द्र मावि धर्ना अन्तिम आठमा पुगेका छन् । यसअघि पनि पद्मोदय मावि भरतपुरले पहिलो र दोश्रो संस्करणको प्रतियोगिता जितेको थियो । पहिलो संस्करण २०७६ मा गोरखा मावि घोराही र दोश्रो संस्करण २०७७ मा ज्ञानसिन्धु मावि घोराहीलाई फाईनलमा हराउँदै पद्मोदयले उपाधि जितेको थियो । गत वर्षभने कोरोनाका कारण प्रतियोगिता स्थगित भएको थियो ।

जारी प्रतियोगितामा उपमहानगरपालिका भरका १६ वटा विद्यालयले भाग लिएका छन् । दुई समुह बनाएर खेलाईने खेल नकआउटका आधारमा रहेको छ । समुह ए मा पद्मोदय पब्लिक नमूना मावि भरतपुर, मावि रतनपुर, गंगा मावि रामपुर, महेन्द्र मावि धर्ना, गोरक्ष रत्ननाथ मावि चौघेरा, स्टार बोर्डिङ स्कुल, हापुर मावि निघुवार र मनकामना बोर्डिङ स्कुल रहेका छन् । यस्तै, समुह बी मा ज्ञानसिन्धु मावि घोराही, मावि हापुर बिजौरी, सरस्वती मावि भरतपुर, बालविकास मावि घोराही, मावि रझेना, जयशेर मावि रावतगाउँ र सिद्धरत्ननाथ मावि नारायणपुर रहेका छन् ।

आगामी ११ गते फाईनल खेल खेलाउने गरी खेल तालिका बनाईएको छ । घोराही १५ जिल्ला समन्वय समितिको शहिद मन्चको कोर्टमा जारी प्रतियोगितामा हरेक दिन ३ वटा खेल आयोजना गरिने भएको छ । कुल १५ वटा खेल हुने गरी तालिका बनाइएको छ । अब प्रतियोगिता अन्तरगत शनिबार बालविकास मावि घोराही र सरस्वती मावि भरतपुर बीच खेल हुनेछ भने गोरक्ष रत्ननाथ मावि चौघेरा र स्टार बोर्डिङ स्कुल घोराही बीच खेल हुने भएको छ । यस्तै, दोश्रो दिनको अन्तिम खेलमा गोरखा मावि घोराही र मावि रझेनाबीच खेल हुनेछ ।

Facebook Comments