• ४ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
ज्ञानसिन्धु माविमा खेल सप्ताह सुरु




ज्ञानसिन्धु मा.वि घोराही दाङले आफ्नो १९ औँ वार्षिक उत्सव तथा अभिभावक दिवशको अवसरमा आजदेखि सुरु हुन लागेको खेल सप्ताहको एक कार्यक्रमकाबिच उद्घाटन गरेको छ ।

यस विद्यालयले कक्षा नर्सरीदेखि कक्षा १२ लाई विभिन्न तहमा विभाजन गरी विभिन्न विधाका गरी करिव एक दर्जनभन्दा बढी खेलहरु खेलाउन लागेको हो । यही माघ ०४ गतेबाट सञ्चालन गरिएको उक्त खेल सप्ताह माघ १० गते गएर समाप्त हुने छ भने माघ ११ गते वार्षिक उत्सव कार्यक्रम आयोजना गर्न लागेको छ । खेल सप्ताहको पहिलो दिन आज माघ ०४ गते बिहान ठिक १२ बजेबाट समुद्घाटन कार्यक्रम सञ्चालन गरिएको थियो ।

उक्त कार्यक्रम विद्यालयका प्रधानाध्यापक हुकुम बुढाथोकीको अध्यक्षतामा सञ्चालन गरिएको थियो । उक्त कार्यक्रममा अध्यक्षको आसनबाट बोल्दै प्रधानाध्यापक बुढाथोकीले खेल सप्ताहमा सञ्चालन गरिने खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापले विद्यार्थीको शारीरिक मानसिक र सिर्जनात्मक क्षमताको विकासमा मद्दत पु¥याउने भएकाले विद्यार्थीहरुलाई खुलेर आफ्ना प्रतिभा प्रदर्शन गर्न आग्रह गर्नुभएको थियो ।

यसैगरी विद्यालयका कार्यक्रम संयोजक हेमराज पौड्यालले खेल सप्ताह सम्बन्धी विभिन्न विषयमाथि प्रकाश पार्नु भएको थियो । खेल संयोजक सागर भण्डारीले खेलसम्बन्धी नियम र समयतालिकामाथि प्रष्ट पार्नु भएको थियो भने विद्यालयका शिक्षक देवराज भण्डारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

समुद्घाटन कार्यक्रमको समापन लगत्तै पूर्वनिर्धारित कार्यक्रमअनुसार विद्यार्थी र शिक्षक आनन्दपुर टोलको सरसफाइ कार्यक्रममा सरिक भएका थिए । विद्यार्थी र शिक्षकहरु हातमा फोहर संकलन गर्ने बोरा र डस्टबिन बोकेर उक्त टोलका गल्ती गल्लीमा प्रवेश गरी यत्रतत्र फालिएका फोहर संकलन र त्यसको व्यवस्थापन गर्नमा व्यस्त देखिन्छ ।

यसैगरी अर्को कार्यक्रम अन्तर्गत कक्षा १० का विद्यार्थीहरुको उपस्थितिमा घोराही १६ तेरौटेस्थित बुद्धाश्रममा पुगी त्यहाँ आश्रय लिइरहेका १८ जना बृद्धबृद्धाहरुलाई ११ हजार बराबरको न्यानो कपडा वितरण गरेृका थिए भने लामोसमय वृद्धबृद्धाको पीरमर्काबारे जानकारी लिएका थिए । वृद्धाश्रम्बाट फर्किए लगत्तै पहिलो दिनका केही खेलहरु सञ्चालन गरिएको थियो ।

Facebook Comments