• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा जारी पाँचौ मेयर कप : घोराही १३ र १४ फाइनलमा प्रवेश




घोराही, ४ माघ । घोराहीमा जारी पाँचौ मेयर कप फुटबल प्रतियोगितामा वडा नम्बर १३ र १४ फाइनलमा प्रवेश गरेका छन् ।

आज आइतबार बिहान भएको पहिलो सेमिफाइनलमा वडा नम्बर १० लाई ३–१ गोल अन्तरले पराजित गर्दै वडा नम्बर १४ फाइनलमा पुगेको छ भने दिउँसो भएको दोस्रो सेमिफानलमा वडा नम्बर १५ लाई ३–० गोल अन्तरले पराजित गर्दै वडा नम्बर १३ फाइनलमा पुगेको हो ।

उक्त प्रतियोगिता घोराहीको नवलपुर खेल मैदानमा भइरहेको छ । प्रतियोगिताको फाइनल खेल माघ ५ गते दिउँसो १ बजे हुने भएको आयोजकले जनाएको  छ ।

Facebook Comments