• ३ बैशाख २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सभामुखका लागि २ जनाको उम्मेदवारी दर्ता




प्रतिनिधि सभाको सभामुख पदको निर्वाचनका लागि सत्तापक्ष र प्रतिपक्षी दलको तर्फबाट २ जनाको उम्मेदवारी परेको छ । बिहीबार प्रतिनिधि सभामा हुने सभामुखको निर्वाचनका लागि सत्ताघटक दलको तर्फबाट नेकपा एमालेका देवराज घिमिरे र नेपाली कांग्रेस तथा एकीकृत समाजवादीको तर्फबाट ईश्वरी न्यौपानेको उम्मेदवारी परेको हो ।

बुधबार संसद् भवन नयाँ बानेश्वरमा भएको उम्मेदवारी दर्ताका क्रममा सबैभन्दा पहिला सक्ता गठबन्धनका तर्फबाट घिमिरेले उम्मेदवारी दर्ता गरेका थिए । उनलाई एमालेका सांसद सुवासचन्द्र नेम्वाङले प्रस्ताव गरेका हुन् भने माओवादीका सांसद हितराज पाण्डे, रास्वपाका सांसद रवि लामिछाने र राप्रपाका सांसद राजेन्द्र प्रसाद लिङ्देनले समर्थन गरेका छन् ।

यता कांग्रेसबाट सभामुखको उम्मेदवारी दिएकी न्यौपानेको मनोनयन दर्ताका लागि कांग्रेसका सांसद विश्वप्रकाश शर्माले समर्थन र एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले समर्थन गरेका छन् ।

Facebook Comments