शान्त कुमार बुढा मगर
नाका, ४ माघ । दाङको राजपुर गाँउपालिकाले पालिकाको ७ नं. वडा अन्तर्गत भैसाही नाकामा मंगलवार एक कार्यक्रमकाबीच वर्थीङ्ग सेन्टरको उदघाटन गरेको छ । उद्घाटन पश्चात करिव ६ सय घरधुरी रहेको ७ नं. वडाका ३हजार भन्दा वढी जनसंख्या रहेको गन्धैला नाका देखी भौवा नाका सम्मका महिलाहरुलाईप्रशुतीका लागि छिमेकी मुलुक जानु पर्ने वाध्यताको अन्य भएको छ ।
कार्यक्रममा अध्यक्षको आशनबाट वोल्दै राजपुर गाँउपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले नाकामा पहिलो वर्थीङ्ग सेन्टरको उदघाटन गर्न पाउदा हर्षित भएको वताउँदै यस लाईवचाई राख्न चुनौती रहेको वताउनुभयो । वार्षिक ४० वटा प्रसुती नभए सेवा फिर्ताहुन सक्ने भएकाले सेवा वचाई राख्ने जिम्मा स्थानीयको काँधमा आएको वताउनुभयो । “अवयो संस्था तपाई स्थानियहरुको हातमा छ । हामिले निर्माण त ग¥यौँ तर तपाँईहरुलेसेवा लिने कुरामा कन्जुस्याँई गरे सेवा नै फिर्ता हुने कुरा ध्यान दिनुहोला ।”उहाँले वताउनुभयो । गाउँ गाउँमा पालिाक हुनुपर्छ भन्ने मान्यताका साथलागेको वताउदै अध्यक्षबुढाथोकीले आफु जनताको सासक नभएर सेवक भएको वताउनुभयो ।
कर्यक्रममा वोल्दै राजपुर गाउँपालिका उपाध्यक्ष धनपति यादवले नाकाजस्तो विकट ठाँउमा प्रसुती जस्तो संवेदनसील अवस्थामा छिमेकी मुलुक जाने कस्टकरअवस्थाको अन्त्य पालिकाले गर्न पाउँदा गर्व लागेको वताउनुभयो । तर यो सेवालाईस्थानिय सम्म पु¥याउन यहाँका कर्मचारीको अहम भुमिका रहनेमा जोड दिनुभयो । उहाँले उसलाई बचाई राख्न स्थानीयको पनि उतिकै भुमिका रहने बताउनुभयो ।
त्यस्तै पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पाण्डेलेवर्थीङ्गसेन्टरमा सेवा लिए वाफत सरकारले २८ सय रुपैया दिने भन्दै हरेक गर्भवती महिलाले नियमीतचेक जाँच गर्दै सेवा लिन अनुरोध गर्नुभयो । उहाँले धेरै जसो नाका वासीहरु विविध कारणभारतिय झोले डक्टरको औषधी प्रयोग गर्ने गरेको पाईएकोले त्यसो नर्गन आग्रहगर्नुभयो । उहाँले यस्ता औषधीले झन स्वास्थ्यमा असर गर्ने भन्दै हरेक इकाईमा दक्ष स्वास्थ्यकर्मी र औषधी भएकाले सेवा लिन र आवश्यक औषधी पालिकाले व्यवस्थ हुनेवताउनु भयो ।
नाका भौगोलिक रुपमा विकट र सडक संजाल सहज नभएकाले वर्थीङ्ग सेन्टरकोलागि कम्तीमा दुई वटा मोटरसाईकलको व्यवस्था गर्न सके सुत्केरी लाई सहज हुने राजपुरगाँउपलिकाका प्रवक्ता तथा ६ नं. वडा अध्यक्ष श्याम वहादुर रोकाले वताउनुभयो ।
उहाँलेनाकामा एम्वुलेन्स सेवा तत्काल प्रभावकारी नभएका कारण यस्तो गरे नाकामा सहज हुनेवताउनुभयो । जिल्ला जनस्वास्थ्य कार्यालय दाङ्गका पव्लिक हेल्थ नर्स सीता कवँरले वर्थीङ्ग सेन्टरकोऔचित्य वारे प्रस्ट पार्नु भयो । कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष ओम प्रसदगुप्ता, ७ नं. वडा अध्यक्ष पुष्कर वलीले मनतव्य राख्नुभएको थियो ।
राजपुर गाउँ पालिका अध्यक्ष शरद कुमार बुढाथोकीको अध्यक्षतामाशुरु भएको कार्यक्रममा गाउँकार्यपालिका सदस्य सन्देश विकले स्वागत मन्तव्य राख्नु भएको थियोभने कार्यक्रको संचालन राजपुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कमल बहादुर रोकायलेगर्नुभएको थियो ।
राजपुर गाउँपालिकाले नाकाको दुई स्थान भैँसाही नाका र खंग्रानाकामा वर्थीङ्ग सेन्टर स्थापना गरेको छ । खंग्रा नाकाकमा उद्घाटन गर्नवाँकी रहेको वर्थीङ्ग सेन्टरमा भिडियो एक्स्रे सेवा नहुदा सेवाग्राही लाई समस्या पर्ने देखिन्छ । राजपुरको यी दुई स्थान संगै ४ स्थानमा स्वास्थ्य ईकाइ रहेका छन् ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
