• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लुम्बिनी प्रदेशका नव निर्वाचित सभामुख र उपसभामुखको शपथ ग्रहण आज




लुम्बिनी प्रदेशका नव निर्वाचित सभामुख र उपसभामुखको पद तथा गोपनियताको शपथ ग्रहण आज हुने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले सभामुख तुलाराम घर्ती मगरलाई प्रदेश सभा नियमावली, २०७९ बमोजिम पद तथा गोपनियताका शपथ ग्रहण गराउनेछन् ।

प्रदेश प्रमुखको कार्यालय बुटवलमा दिउँसो एक बजे शपथ ग्रहण समारोह आयोजना गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयाे । सभामुखको शपथग्रहण पश्चात उपसभामुख मेनुका खाँणको शपथ ग्रहण हुने छ । प्रदेश सभा नियमावली, २०७९ बमोजिम प्रदेश प्रमुखको उपस्थितिमा सभामुख समक्ष उपसभामुखले शपथ लिनुपर्ने छ ।

मंगलबार बसेको प्रदेश सभाको बैठकबाट संविधानको धारा १८२ बमोजिम सभामुख र उपसभामुख निर्वाचन प्रक्रिया मार्फत निर्विरोध चयन गरिएको हो । प्रदेश सभा नियमावलीमा सभामुखले आफ्नो कार्यभार सम्हाल्नु अघि प्रदेश प्रमुख समक्ष पद तथा गोपनियताको शपथ लिनुपर्ने उल्लेख छ । साथै उपसभामुखले आफ्नो कार्यभार सम्हाल्नु अघि प्रदेश प्रमुखको उपस्थितिमा सभामुख समक्ष पद तथा गोपनियताको शपथ लिनुपर्ने उल्लेख छ । सभामुख र उपसभामुख चयन नहुँदा सम्म ज्येष्ठ सदस्य डिल्लीराज भुसालले सभा सञ्चालन गरेका थिए ।

Facebook Comments