घोराही, ३० पुस । दाङको घोराही-१५ मा रहेको भिएन स्कुल एण्ड कलेजमा सांस्कृतिक पोसाक प्रतियोगिता सम्पन्न भएको छ ।
भिएन स्कुल एण्ड कलेजका व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रकाश खनालको अध्यक्षता एवं युवा खेलकुद तथा शिक्षा महाशाखाका प्रमुख बिनोद गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिक्षक तथा विद्यार्थीको सहभागिता रहेको थियो ।
भिएन स्कूलका प्रीन्सीपल रामजनम चौधरीले विद्यालयको स्थापना भएको करिब दुई वर्ष पुग्दै गर्दा अहिलेसम्म सांस्कृतिक ड्रेस प्रतियोगिता गर्न नपाइएको बताए । उनले दाङ थारु समुदायको बहुल्यता भएको हुँदा माघी पर्वलाई विशेष रुपले मनाउने चलन रहेको जानकारी दिए ।
प्रतियोगितामा विद्यार्थीहरुले आ-आफ्नो पहिचान झल्किने तथा अरु जातिको पोसाकलाई पनि सम्मान गर्दै थारु, मगर, खसआर्य, बेहुलाबेहुलीको पोसाक, नेवार, गुरुङ, तामाङ लगायतका सांस्कृतिक पोसाक प्रदर्शन गरेका थिए । विद्यालयका मन्टेश्वरीदेखि १० कक्षासम्म विद्यार्थीहरुले सांस्कृतिक पोसाक प्रदर्शन गरेका थिए ।
उक्त कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृतहरु प्रस्तुत गरेका थिए ।
विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा शान्ताको चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक शिवहरी पोख्रेलले गरेका थिए ।
फोटोफिचर:
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।