• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बनगाड कुपिण्डे महिला सहकारी संस्थाको दोश्रो साधारणसभा सम्पन्न




सल्यान, २७ पुस । सल्यान बनगाड कुपिण्डे नगरपालिका महिला सहकारी सस्था लिमिटेडको दोश्रो साधारणसभा आज बुधबार देबस्थलमा सम्पन्न भएको छ ।

उक्त साधारण सभामा बोल्दै बनगाड कुपिण्डे नगरपालिका नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले छरिएर रहेको पुजीलाई एकीकृत गरेर व्यवस्थित गरेर लगानी गरि त्यसलाई सहि काममा लाग्नुनै सहकारी भएको बताउनु भएकोछ । नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले सहकारी माध्यम बाट विभिन्न समस्यामा परेकालाई सहयोग गर्नु पर्ने बताउनु भएको छ ।No description available.

स्थापना भएको १ वर्ष भएकोलेले धेरै प्रगति नगरेपनि विस्तारै यसले व्यवसायी तिर ध्यान दिनु पर्ने बताउनु भएको छ । ठाउको पहिचान गरेर नगरपालिका तर्फबाट सहयोग हुने बताउनु भएको छ ।

शेयर समेत फिर्ता दिन नसक्ने अवस्था पुगेको छ व्यक्ति हावी भएको कारण सल्लीबजार क्षेत्रमा रहेका आधा दर्जन सहकारी बन्द भएका छन । आउदो दिनमा सीप सिक्ने, चाहना अनुसार आफुले सिक्ने सिपको विकासको लागि नगरपालिका सहयोग गर्ने नगर उप प्रमुख पुरुषोत्तम आचार्यले बताउनु भएको छ । सीप सिके अनुसार व्यबहारमा लागू पर्ने बताउनु भएको छ ।

सीप सिक्नको लागि लगानी लिए अनुसार त्यही क्षेत्रमा काम गर्न समेत जोड दिनु भएको छ । सहकारी अध्यक्ष बिपना बुढाथोकी अध्यक्षतामा भएको कार्यक्रमको संचालन पुष्पा बुढाथोकीले गर्नु भएको थियो ।

Facebook Comments