सल्यान, २७ पुस । सल्यान बनगाड कुपिण्डे नगरपालिका महिला सहकारी सस्था लिमिटेडको दोश्रो साधारणसभा आज बुधबार देबस्थलमा सम्पन्न भएको छ ।
उक्त साधारण सभामा बोल्दै बनगाड कुपिण्डे नगरपालिका नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले छरिएर रहेको पुजीलाई एकीकृत गरेर व्यवस्थित गरेर लगानी गरि त्यसलाई सहि काममा लाग्नुनै सहकारी भएको बताउनु भएकोछ । नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले सहकारी माध्यम बाट विभिन्न समस्यामा परेकालाई सहयोग गर्नु पर्ने बताउनु भएको छ ।
स्थापना भएको १ वर्ष भएकोलेले धेरै प्रगति नगरेपनि विस्तारै यसले व्यवसायी तिर ध्यान दिनु पर्ने बताउनु भएको छ । ठाउको पहिचान गरेर नगरपालिका तर्फबाट सहयोग हुने बताउनु भएको छ ।
शेयर समेत फिर्ता दिन नसक्ने अवस्था पुगेको छ व्यक्ति हावी भएको कारण सल्लीबजार क्षेत्रमा रहेका आधा दर्जन सहकारी बन्द भएका छन । आउदो दिनमा सीप सिक्ने, चाहना अनुसार आफुले सिक्ने सिपको विकासको लागि नगरपालिका सहयोग गर्ने नगर उप प्रमुख पुरुषोत्तम आचार्यले बताउनु भएको छ । सीप सिके अनुसार व्यबहारमा लागू पर्ने बताउनु भएको छ ।
सीप सिक्नको लागि लगानी लिए अनुसार त्यही क्षेत्रमा काम गर्न समेत जोड दिनु भएको छ । सहकारी अध्यक्ष बिपना बुढाथोकी अध्यक्षतामा भएको कार्यक्रमको संचालन पुष्पा बुढाथोकीले गर्नु भएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।