खुमबहादुर सुनार
रोल्पा, २७ पुस । रोल्पाको सुनछहरी गाँउपालिकामा भीरबाट लडेर एक जनाको ज्यान गएको छ । सुनछहरी गाँउपालिका वडा न. ५ पोबाङ निवासी अन्दाजी बर्ष ४२ का हिकलाल पुनमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

सुन्छहरी गाँउपालिका वडा न. ५ कालीहाङ बाट बिजुलीको तार तान्ने काम गरीघर फर्कने क्रममा पौष २६ गते बुधबारका दिन साझ साढे ७ बजेको समयमा कालीहाङ स्थित बाटो बाट २० मिटर तल खसि घटना स्थलमै पुनको मृत्यु भएको रोल्पा जिल्ला प्रहरी प्रमुख बिनोद घिमिरेले रेडियो मालश्रीलाई जानकारी दिनु भएको छ ।

घटना घटेको जानकारी प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय पोवाङ बाट प्रहरी बरिष्ठ नायव निरिक्षक सुर्यलाल गुरुङको नेतृत्वमा ३ जना प्रहरीको टोली घटना स्थल पुगेर मृतकको लास निकालेको बताइएको छ ।
घटनाको थप अनुसन्धान भई रहको र मृतकको लास लाई पोेष्ट माटमको लागी रोल्पा अस्पताल रेउघामा ल्याइएको रोल्पा जिल्ला प्रहरी प्रमुख घिमिरेले बताउनु भएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
