कमल खड्का
होलेरी/ समुन्नति परियोजनाले रुन्टीगढीका कृषक समुहसँग २ दिने वित्तीय साक्षरता सम्बन्धी तालिम होलेरीमा सुरु गरेको छ । यूकेएडको सहयोग तथा गाउँपालिका, सहकारी बैंक, कृषक सुमुहको समन्वय एवंम विकास सरोकार समाज(डिकोस) र प्राक्तिकल एक्सन नेपालको सहजीकरणमा मंगलबार होलेरी उक्त कार्यक्रम सुरु भएको हो ।
कार्यक्रममा कृषकहरुलाई वित्तीय साक्षरता परियोजना भनेको के हो, बैकं र वित्तीय संस्थाका लक्ष्य के कस्ता हुन्छन, ऋण बचत लगानी कसरी गर्ने, बजेटको सहि सदुपयोग कसरी गर्ने, कृषि तथा लैङ्गिक समान्ता भनेको के हो,सामाजिक समाबेशिकरण त्यस्तै सहकारी र वित्तीय संस्थाका बारेमा जानकारी गराईएको थियो । कृषकलाई कृषिबाट कसरी बढी भन्दा बढी फाईदा लिन सकिन छ भनेर समुहगत रुपमा छलफल गराइएको थियो ।
तालिममा रुन्टीगढी गाउँपालिका वडा नम्बर ७ का ३ वटा कृषक समुहबाट ३६ जना कृषकहरुको उपस्थिति रहेको थियो । जस्मा हरियाली कृषक समुह,नमुना कृषक समुह र साझा कृषक समुह गरि ३ वटा कृषक समुहहरुको सहभागिता रहेको थियो ।
तालिम लैङ्गिक समाजिक सामाजिक समावेशिकरण अनुगमन मुल्याङ्कन अधिकृत (GESI/M.E) दिल कुमारी बुढा बाट दिईएको थियो ।
रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनको सभापत्तित्वमा भएको कार्यक्रमको सञ्चालन समुुन्नति परियोजनाको सामाजिक परिचालक यादव गिरीले गर्न भएको थियो । तालिम आजसम्म सञ्चालन हुनेछ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।