सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणका लागि गठित समितिले न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन शीर्ष नेतृत्वलाई बुझाएको छ।
शनिबार साँझ नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा नेकपा (एमाले)का अध्यक्ष केपी ओलीलाई न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन बुझाइएको हो।

शनिबार साँझ कार्यदलका संयोजक उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा उच्चस्तरीय संयन्त्रका संयोजक एमाले अध्यक्ष केपी ओलीलाई प्रतिवेदन बुझाउनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिनुभयो।
अर्थमन्त्री पौडेलको संयोजकत्वमा गठन भएको कार्यदलमा नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन, जनता समाजवादी पार्टीका नेता रकम चेम्जोङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका धवल शमशेर राणा र राष्ट्रिय स्वतन्त्र पार्टीक मुकुल ढकाल सदस्य हुनुहुन्छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
