होलेरी, २३ पुस । रोल्पाको रुन्टीगढी गाउँपालिका होलेरी प्राथमिक स्वास्थ्य केन्द्रमा एक दिने निःशुल्क एकीकृत प्रजनन् महिला स्वास्थ्य शिविर सम्पन्न भएको छ । ग्लोबल आइएमई बैंक होलेरीको शाखाको आयोजना तथा नेपाल परिवार नियोजन दाङको प्राविधिक सहयोगमा सो शिविर शुक्रबार होलेरीमा सम्पन्न भएको हो ।
ग्लोबल आइएमइ बैंकको १६ औं बार्षिक उत्सवको अवसरमा एकदिने निःशुल्क प्रजनन महिला स्वास्थ्य शिविरको आयोजना गरिएको बैंकले जानकारी दिएको छ ।
उक्त शिविरमा ७०/७५ बर्षदेखि २० बर्षसम्मका महिलाहरुले सेवा लिएका थिए । ग्लोबल आइएमइ बैंकले महिलाहरुको लागि निकै सराहनीय काम गरेको सेवाग्राहीहरुले बताएका छन । हामी जस्ता महिलाहरुको लागि निःशुल्क चेकजाँच तथा उपचार हुँदा समय र पैसाको बचत भएको एक महिला सेवाग्राहीले भनिन् । 


त्यस्तै रुन्टीगढी गाउँपालिका वडा ९ सखी निवासी ७४ वर्षीय रति डाँगीले आफू नेपालदेखि इन्डियासम्म आफ्नो समस्याको उपचार गर्न पुगेको तर समस्या समाधान नभएको बताइन् । उनले आज यसरी आफ्नो समस्याको निःशुल्क चेकजाँच तथा उपचार गर्न पाउदा निकै खुसी भएको बताउदै ग्लोबल आइएमइ बैंकलाई धन्यवाद समेत दिइन् ।

नेपाल परिवार नियोजन दाङ शाखाका प्रवन्धक वसन्त खनालको अध्यक्षता र नवनिर्वाचित संघीय सांसद इश्वरी जिएमको प्रमुख अतिथि तथा रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुन विशिष्ट अतिथ्यतामा भएको कार्यक्रममा रुन्टीगढी गाउँपाकिलका वडा नम्बर ९ का अध्यक्ष चेतलाल पुन , स्वास्थ्य संयोजक गणेश बुढा , शाखा प्रवन्धक हिमाल पौडेल , प्राथमिक स्वास्थ्य केन्द्र होलेरी मेअ डार. एकता गिरी , ईलाका प्रहरी होलेरी प्रनानि नारायण जिसी, होलेरी बजार व्यवस्थापन समितिका अध्यक्ष होम यरी, नेपाल परियोजनाका टिम , होलेरी प्राथमिक स्वास्थ्य केन्द्रका टिम , पत्रकारहरु उपस्थिति रहेको थियो ।
रुन्टीगढी गाउँपालिका वडा ९ का अध्यक्ष तथा स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष चेतलाल खत्रीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको समापन नेपाल परिवार नियोजन दाङ शाखाका प्रबन्धक वसन्त खनालले गरेका थिए ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
