• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही–होलेरी सडक खण्ड, दीर्घकालीन योजनासहितको डिपिआर तयार हुनुपर्नेमा जोड




प्रेम क्षेत्री
होलेरी, २३ पुस । सहिदमार्ग अन्तर्गत पर्ने घोराही–होलेरी सडक खण्डको डिपिआर तयार गरिने भएको छ । घोराही–होलेरी सडक खण्ड कालोपत्रे भएको छोटो समयमै क्षेत्रीग्रस्त बन्दै गएपछि पटक–पटक सर्वदलिय/सर्वपक्षीय छलफल भएपनि सडकको स्तरोन्नती हुन नसक्दा भने घोराही–होलेरी सडक खण्ड झनै जीर्ण बन्दै गएको हुँदा सो सडकको स्तरोन्नती तथा वैकल्पिक मार्गका लागि डिपिआर तयार गरिने भएको हो ।

सहिदमार्ग अन्तर्गत पर्ने घोराहीदेखि होलेरीसम्म जोड्ने ३१.५ किलोमिटर सडकको डिपिआर तयार पार्दा दीर्घकालिन योजनासहितको डिपिआर तयार हुनुपर्ने कार्यक्रममा सहभागी बोल्ने वक्ताहरुले जोड दिएका छन् । सहिदमार्ग सडक योजना लिबाङ, रोल्पाको आयोजनामा शुक्रबार होलेरीको जंगल रिसोर्टमा भएको घोराही–होलेरी सडक खण्डका विस्तृत परियोजना (डिपिआर) तयारी सम्बन्धमा अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरामा जोड दिएका हुन् । सडक बनाउदा तथा स्तरोन्नती गर्दा थोरै काम गर्ने तर त्यो कामको परिणाम लामो समयसम्म टिक्ने खालको योजना हुनुपर्ने सहभागीहरुको जोड थियो ।

हेवी लोडका टिप्परहरुले उप्किएको कालोपत्रे दिनदिनै झनै छियाछिया बन्दै गइरहेको सहजै देख्न सकिन्छ । यात्रुलाई टिप्परकै कारणले उप्किएको कालोपत्रे मोटरबाटो कच्ची सरह भएको र सो सडकखण्ड मर्मत सम्भार नहुँदा बाटो नै नदेखिने धुलो, खाल्डाखुल्डी तथा चिराचिराहरु भएको सडकखण्ड वर्षातमा हिलाम्य र हिउँदमा धुँलाम्यसहितको कष्टपूर्ण जोखिम यात्रा गर्नुपर्ने बाध्याता रहेको छ ।

सहिदमार्गको बारेमा विस्तृत जानकारी गराउँदै सडकलाई दीर्घकालिन राख्नका लागि ओभरलोडलाई नियन्त्रण गर्नु पहिलो चुनौती एवं सबैभन्दा ठुलो दायित्व भएको, जतिसुकै बलियो सडक बनाएपनि ओभरलोड नियन्त्रण नभएमा त्यसले आफ्नो टार्जेट सर्भिस लाइफ सेवा प्रदान गर्न असम्भव हुने, कम्तिमा दुई ठाउँमा धर्मकाँटा स्थापना गर्न पहल हुन जरुरी भएको र कुनैपनि बहानामा ओभरलोड बोक्न नदिने गरी संयन्त्र निर्माण हुुन जरुरी भएको आयोजकले जनाएको छ । सहिदमार्ग अन्तर्गतपर्ने घोराहीदेखि होलेरीसम्म जोड्ने ३१.५ किलोमिटर सडक खण्डको डिपिआर तयार पर्न १३ हप्ता समय लाग्ने आयोजकले जनाएको हो ।

उक्त कार्यक्रममा सहिदमार्ग विशेषगरि घोराही– होलेरी सडकले दिएको सास्ती, यहाँको भुबनावट र औद्योगिक प्रयोजनका चुन ढुङ्गा खानिहरु रुन्टिगढिमा पर्ने हुँदा सम्राट र सोनापुर सिमेन्टका टिप्परहरुले सडकको उचित क्षमता भन्दा बेसि लोड बोकेकै कारण सहिदमार्ग सहिदजस्तै बनेको स्थानीयहरुले आरोप लगाउदै आएतापनी पहिलो जेभी कम्पनिको लापरबाही र बेवास्ता गरेकै कारण बिषय अदालतसम्म पुगेको हो ।


पहिलो प्रक्रिया रद्द गरिएको छ, भने बिषय अझै टुङ्गिएको छैन । अझै सम्मानित उच्च अदालत पाटनमा मुद्दा बिचाराधिन रहेको छ । घोराही होलेरी हुँदै तिला थवाङ रुकुमको मैकोट सम्म पुगेको सहिदमार्गले चाईना भारत जोड्ने लक्ष लिएको छ । हाल बिकराल रुपमा देखिएको घोराही होलेरी करिब ३१.५ किमि सडकको लामो समय पर्खिन नपर्ने जनदबाब र स्थानीय नेतृत्वहरुलाई पिरोलिरहेको जवाफ यहि सडक बन्दै गयो ।
लुम्बिनी प्रदेशका सांसद दिपेन्द्र पुनले राजनैतिक दल जनप्रतिनिधि , निर्माण व्यावसायी, मेनपावर सबैलाई ठगीको नजरले जनताले एउटै आँखाबाट हेरेको र तपाईं के गर्नुहुन्छ भन्ने प्रश्न आँछ्न राजनीति गर्छु भन्न पनि लाज लाग्ने गरेको बताए । यसको दीर्घकालीन हल गर्नको लागि दीर्घकालीन योजना बनाउनुशद्दपर्ने उनको भनाइ थियो ।
माननीय ईश्वरी जिएम, राजु खनाल, एमुना रोका लगायतले पनि सडक अवस्था समाधानका लागि बैकल्पिक औद्योगिकमार्ग स्थापना गरिनुपर्ने या सडकको स्तर भारबाहन क्षमता उच्च हुनुपर्नेमा जोड दिए । कुनैपनि काम थोरै गर्ने तर दीर्घकालीन टिक्नेगरी काम गर्नुपर्नेमा उनीहरुको जोड थियो ।

त्यसैगरी उपमहानगरपालिका मेयर नरुलाल चौधरीले इन्डियन कम्पनीलाई ठेक्का दिदा घोराही तुलसीपुर सडकले सोही समस्या भएकोले फेरि इन्डियन कम्पनीनै पर्ने होकी शंका गरे । उनले भने बिगतमा बंगालाचुली र रुन्टीगढीले घोराहीलाई मात्र दोष दिँदा मैले भने रोयल्टी तिमी खाने दोष मैले लिने ? यो सबैको साझा सवाल भएकोले सबै जिम्मेवार हुनुपर्छ र देश आर्थिक समृद्धिका लागि उद्योग चल्नुपर्छ, त्यसका लागि उत्खनन गर्नैपर्छ । तर सहज र परिणाममुखी कसरी बनाउने भन्नेमा हामी सबै जिम्मेवार बन्नुपर्ने उनले बताए ।

कार्यक्रमको बिषयबस्तु, समस्याका कारण, सहिदमार्गमा भैरहेका कामको जानकारी र आगमी योजनाको बारे आयोजना प्रमुख पवन भट्टराईले जानकारी दिएसंगै सम्पूर्ण सरोकारवालाहरुले आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा विभिन्न राजनैतिक दल, बुद्धिजीवी, सरोकारवाला, सम्बन्धित संघ, प्रदेश तर्फका माननिय उद्योगी, सडक बिभाग, सुरक्षा निकाय, पत्रकाहरुको सहभागितामा सहिदमार्ग अन्तर्गत पर्ने घोराही–होलेरी सडक खण्डको छलफल गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको अध्यक्षतामा एवं प्रतिनिधि सांसद इश्वरी जिएमको प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सांसदहरू दिपेन्द्र कुमार पुन (सिजल), राजु खनाल, यमुना रोका (तामाङ), उपमहानगरपालिका घोराहीको मेयर नरुलाल चौधरी, रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुन, त्रीवेणी गाउँपालिका अध्यक्ष कर्णबहादुर बाँठा मगर, जिल्ला प्रशासन कार्यालय दाङका प्रजिअ हिरालाल रेग्मी,  प्रमुख कोष नियन्त्रक कोलेनिका रोल्पा रमेश घिमिरे, विभिन्न राजनैतिक दलका नेतृत्वहरुको आतिथ्यता रहेको थियो ।

घोराही–होलेरी सडक योजनाका लेखा अधिकृत दिनेश थापाको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको इन्जिनियर सुमन सुवेदीले संचालन गरेका थिए । कार्यक्रमका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले दीर्घकालीन योजनाका साथ डिपिआर तयार हुनुपर्ने भन्दै कार्यक्रमको समापन गरेका थिए ।

Facebook Comments