• २७ जेष्ठ २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
तराईमा दैनिक बाक्लो हुस्सु, कुहिरो र शीतलहर, जनजीवन कष्टकर बन्दै




दाङ, २२ पुस । तराईमा दैनिक बाक्लो हुस्सु, कुहिरो र शीतलहर, जनजीवन कष्टकर बन्दै गएको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका धेरै भू–भागहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।

शीतलहरका कारण जनजीवन कष्टकर बनेको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् । तराईका धेरै भू–भागहरूमा दिउँसो पनि हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ ।

राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहने छ । तराईका धेरै भू–भागहरूमा राति पनि हुस्सु र कुहिरो हट्ने छैन ।

तराईका धेरै भू–भागहरूमा बाक्लो हुस्सु र कुहिरो लाग्ने र दैनिक जनजीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

Facebook Comments