• २७ जेष्ठ २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
जन्मदिनको अवसरमा पत्रकार जिएमद्वारा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई न्यानो कपडा सहयोग




घोराही, २१ पुस । आफ्नो जन्मदिनमा हरेक वर्ष सामाजिक कार्य गर्दै आएका सन्चारकर्मी दीपक जिएमले यस वर्षपनि वौद्धिक अपांगता भएका बालबालिकाहरुलाई न्यानो कपडा, मास्क र फ्रुटी सहयोग गर्नुभएको छ । चिसोबाट जोगाउन विद्यालयमा आवासीय रुपमा बस्दै आएका घोराही १४ बालमन्दिरस्थित बालमन्दिर आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई आज न्यानो कपडा सहयोग गर्नुभएको हो ।
विद्यालयमा अध्ययनरत २२ जना बौद्धिक अपांगता भएका बालबालिकाहरुलाई १५ वटा ब्ल्याङकेट र ६ थान डसना विद्यालयका प्रधानाध्यापक विष्णु भण्डारीलाई हस्तान्तरण गर्नुभयो ।

आफ्नो जन्म दिनको अवसरमा हरेक वर्ष विद्यालयमा पढ्ने बालबालिकालाई सहयोग गर्दै आएकोमा यो पटक पनि थोरै भएपनि सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो । पत्रकार जिएमले घोराहीबाट संचालित राजमार्ग अनलाईन संचालन गर्दै आउनुभएको छ ।

जन्मदिनको फजुल खर्च कटाएर बालबालिकाहरुको स्वास्थ्यलाई ख्याल गर्दै पत्रकार जिएमले गर्नुभएको सहयोग प्रति विद्यालय परिवार आभारी भएको प्रधानाध्यापक भण्डारीले बताउनुभयो ।

मानव र मानवताको धर्मअनुसार दिनदुखीलाई सहयोग गर्ने उद्देश्यका साथ जन्मदिन मनाईरहनुभएका राजमार्ग अनलाईनका प्रवन्धक तथा सम्पादक एवं गणतन्त्र राष्ट्रिय दैनिकका सह-सम्पादक समेत रहनु भएका जिएमले बौद्धिक अपाङ्गता भएका विद्यार्थिलाई सहयोग गर्नुभएको हो ।

सो अवसरमा बिद्यालयका शिक्षक, दाङ निर्माण व्यवसायी संघका महासचिव शोकबहादुर रोका मगरलगायतको उपस्थिती रहेको थियो । बालमन्दिर आधारभूत विद्यालयमा पढ्ने बालबालिकाहरुले न्यानो कपडासँगै अरु सामान पाएपछि हर्षित भएका छन् ।

यस्तै विद्यालय व्यवस्थापन समितीका अध्यक्ष बुढाले विगत ८ वर्षदेखी आफ्नो जन्मदिन र आमाको पुन्यतिथीको अवसरमा विद्यालयलाई सहयोग गर्दै आएको भन्दै धन्यवाद व्यक्त गर्नु भएको थियो ।

Facebook Comments