घोराही, २१ पुस । राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरीले बैठक गरेका महत्त्वपूर्ण निर्णय सार्वजनिक गरेको छ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरीका जिल्ला अध्यक्ष गणेश आचार्यले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै बैठकले गरेका विभिन्न ७ महत्वपूर्ण निर्णयहरु सार्वजनिक गरेका छन् ।
राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरीका जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा बसेको बैठकले गत मंसिर ४ गते सम्पन्न भएको प्रदेश र प्रतिनिधिसभा निर्बाचनको ससीक्षा गर्दै गठबन्धनका कारण प्रत्यक्ष उम्मेदवार नहुदा समानुपातिक मतपनि अपेक्षा अनुसार आउन नसकेको , पार्टीलाई चुस्त दुरुस्त र ब्यबस्थित गर्नको लागि पालिका र वाडाका बैठक, भेला र सम्मेलन गर्ने, संघीयताको खारेजी गर्नु पर्ने दायित्व झनै थपिएको हुनाले गणतन्त्र र राष्ट्रियताको रक्षा गरौ संघीयताको खारेज गरौ भन्ने मुल नाराका साथ विभिन्न पालिका हरुमा सभा, कोणसभाका कार्यक्रम निश्चित गरिएको, अहिले बित्तीय सस्था र मिटर ब्याज बाट धेरै नागरिकहरु आजित भएको र बैंकहरुको चर्को ब्याजका कारण उधोगी , ब्यबसायी र आम नागरिक को ढाड सेकिएको हुँदा यी समस्याका विरुद्धमा , ध्यानाकर्षण गराउने र पीडित नागरिकको पक्षमा ओकालत , सहयोग र आन्दोलन समेत गर्ने लगायतका निर्णयहरु गरेको छ ।
यस्ता छ, अध्यक्ष आचार्यले जारी गरेको प्रेस विज्ञप्तिको पूर्णपाठ ः
राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरीको बैठक जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा बस्यो बैठकले गरेका निर्णयहरु सार्बजनिक गर्नको लागि यो प्रेस बिज्ञप्ती जारी गरिएको छ ।
१. बैठकले गत प्रदेश र प्रतिनिधि सभा निर्बाचनको समिक्षा गर्यो । दाङमा गठबन्धन ले सबै प्रदेश र प्रतिनिधिसभामा जितेपनी गठबन्धनरत दलमा इमान्दारीता , जबाफदेहिता र पारदर्शीतामा कमजोर भएको समिक्षा भयो । गठबन्धनका कारण प्रत्यक्ष उम्मेदवार नहुदा समानुपातिक मतपनि अपेक्षा अनुसार आउन नसकेको समेत समिक्षा भयो ।
२. पार्टीलाई चुस्त दुरुस्त र ब्यबस्थित गर्नको लागि पालिका र वाडाका बैठक, भेला र सम्मेलन गर्ने निर्णय भएको छ ।
३. अहिले पनि गणतन्त्र ,राष्ट्रियता , धर्म निरपेक्षता जस्ता कुराहरुको रक्षा गर्नु पर्ने र संघीयताको खारेजी गर्नु पर्ने दायित्व झनै थपिएको हुनाले गणतन्त्र र राष्ट्रियताको रक्षा गरौ संघीयताको खारेज गरौ भन्ने मुल नाराका साथ विभिन्न पालिका हरुमा सभा, कोणसभाका कार्यक्रम निस्चित गरिएको छ ।
४. अहिले बित्तीय सस्था र मिटर ब्याज बाट धेरै नागरिकहरु आजित भएको अवस्था छ । बैंकहरुको चर्को ब्याजका कारण उधोगी , ब्यबसायी र आम नागरिक को ढाड सेकिएको छ । यो कुरामा बैठकको ध्यानाकर्षण भएको छ । त्यसैले यी समस्याका विरुद्धमा , ध्यानाकर्षण गराउने र पीडित नागरिकको पक्षमा ओकालत , सहयोग र आन्दोलन समेत गर्ने निर्णय भएको छ ।
५. घोराही तुलसीपुर फोर लेन सडक निर्माण गर्ने नाममा त्यो सडक मान्छे मार्ने ओद्राक जस्तो भएको छ । त्यो निर्माण सुरु भयो भनेदेखी २५ जना भन्दा धेरै मान्छे को मृत्यु भएको रेकर्ड छ । गत निर्वाचनपछि तत्काल त्यसको निर्माण कार्यमा तिब्रता आउँछ भन्ने थियोे । त्यो पनि केबल सस्तो लोकप्रियता र जनताको आखामा छाहारो हाल्ने काम मात्र भएको छ । यो कुरामा बैठकको विशेष ध्यानाकर्षण भएको छ । त्यसैले यो कार्य तत्काल अगाडी बढाउन जोड दिने र त्यो कार्य पनि अगाडी नबढेमा जनताको समर्थन लिएर जनदबाब सृजना गर्ने निर्णय भएको छ ।
६. प्राकृतिक श्रोत साधनहरुको व्यापक दोहन गर्ने र पर्यावरण समेत बिनास गर्ने काम भइरहेको छ । यो विषयमा हामिले व्यापक रुपमा कुरा उठाउने गरेका छौ । सरकारले आफै आफनै नीति र मापदण्डहरुलाइ मिच्ने काम गरेको छ । बस्तिको इच्छा बिपरित घोराही १९ मा चुनढुंगा उत्खनन गर्ने कम्पनी दर्ता गरेर अगाडी बढ्ने प्रयास भएको छ । बङगलाचुलीका कैयौं बस्तिहरु उजाड भएका छ्न । जनताको जीवन कष्टकर भएको छ । खोलाहरुमा गिट्टी बालुवा र ढुंगा उत्खनन गर्दा टेन्डर गरिएको भन्दा दसौ गुना बढी निकाल्ने र राज्य र नागरिकलाई ठग्ने काम भएको छ । यी विषयहरुमा बैठकमा ध्यानाकर्षण भयो । र यस्ता विषयमा सरोकार वालाहरुलाइ ध्यानाकर्षण गराउने र आन्दोलन समेत संचालन गर्ने निर्णय भएको छ ।
मिति २०७९/०९/२१
गणेश आचार्य
अध्यक्ष
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।