ओमप्रकाश गुप्ता
भालुवाङ, १९ पुस । दाङमा एक सहकारीकर्मीले आफ्नो ३१ औं जन्म दिन फरक तरिकाले मनाएका छन् ।
राप्ती गाउँपालिका ५ पहरूवा निवासी सर्वहित बचत तथा ऋण सहकारी संस्था मौरीघाटका म्यानेजर शिशिर चौधरीले राप्ती प्रेस मञ्चमा आवद्व पत्रकारहरूलाई आज एक कार्यक्रमको आयोजना गरि आफ्नो जन्म दिनमा डायरी र कलम उपहार दिएर जन्म दिन मनाएका छन् ।
जन्म दिन मनाउने नाममा भोजभतेर गर्ने, केक काट्ने तथा फजुल पैसा खर्च गरेर साथीभाईहरूलाई पाटी दिने संस्कारको अन्त्य गर्न आफुले पत्रकारहरू मार्फत सहि संदेश जावस भन्नका लागि जन्म दिन फरक तरिकाले बनाएको उनले बताएका छन् ।
जन्मोत्सव कार्यक्रममा राप्ती प्रेस मञ्चका वरिष्ठ उपाध्यक्ष तथा रेडियो राप्तीर राप्ती टेलिभिजनका निमित्त स्टेसन म्यानेजर सन्तोषकुमार गुप्ता, प्रथम उपाध्यक्ष बासुदेव न्यौपाने, दोस्रो उपाध्यक्ष जमिर शाह, महासचिव ओमप्रकाश गुप्ता र सचिव बलराम शाही(भिसुन) को सहभागीता रहेको थियोे ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
