• ३ बैशाख २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
गढवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ २० पुुसमा हुने




आलोक भावुक
गढवा, १८ पुस । गढवा गाउँपालिकाले यही पुस २० गते सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने भएको छ । वडा नम्बर १ को कुलपानीस्ति कुलापानी पार्कमा सार्वजनिक सुनुवाइ कार्यक्रम हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले जानकारी दिएका छन् ।

चौधरीका अनुसार सार्वजनिक सुनुवाइ कार्यक्रममा आर्थिक वर्ष २०७९/०८० मा गाउँपालिकाले प्रदान गर्ने सेवा प्रवाह, भइरहेका काम र गाउँपालिकासँग सम्बन्धित विविध विषयमा छलफल हुनेछ।

सम्पूर्ण राजनैतिक दल, सामाजिक संघ सस्था, नागरिक समाज, समाजसेवी, बुद्धिजीवी, सेवाग्राही तथा गढवाबासी आम नागरिकलाई कार्यक्रममा उपस्थित हुन आह्वान गरिएको छ ।

कार्यक्रम बिहान ११ बजेबाट सुरु हुने प्रमुख प्रशासकीय अधिकृत चौधरीले जानकारी दिएका छन् ।

Facebook Comments