कमिरेचौर, १८ पुस । दाङको बंगाचुली गाउँपालिका वडा नम्वर ५ को विभिन्न ठाउँमा गएराती चोरी भएको छ । चोरले बंगलाचुली गाउँपालिका वडा नम्वर ५ को वडा कार्यालय,लोहारपानी स्वास्थ्यचौकी, मनिषा होटेल र ठग बहादुर खत्रीको घर फोडेको छ । 
चोरले सबैभन्दा धेरै मनिषा होटेलबाट चोरेको छ ।होटलका संचालक भुपेन्द्र बहादुर पुनका अनुसार ६३ हजार नगद र करिव ढाईतोला विभिन्न गरगहनाहरु चोरेको छ । चोरले नगद सहित दुईवटा माईली तिल्लहरी, एउटा बाला, एउटा चन्द्रमा, दुईवटा औँठी, एउटा घाँटीमा लगाउने चोकर, एक जोली टप लगेको छ ।
त्यसैगरी बंगलाचुली गाउँपालिका वडा नम्वर ५ को वडा कार्यालयबाट चोरले ५ वटा दराज फोडेको छ । दराजमा रहेको ८ हजार ५ सय १ रुपैँया लगेको वडा नम्वर ५ का अध्यक्ष लिला बहादुर घर्तीले जानकारी दिनुभयो।
वडा अध्यक्ष घर्तीका अनुसार चोरले लोहारपानी स्वास्थ्यचौकीको पाँचवटा दराज फोडेको छ । भने बंगलाचुली गाउँपालिका वडा नम्वर ५ मुर्कुटी निवासी ठग बहादुर खत्रीको घरको ताला तोडेको छ । सबै ठाउँमा एकैचोटी चोरीभएको हुन सक्ने अनुमान छ । राति करिव १२ बजेत देखि डेढ बजेको विचमा चोरीभएको हुनसक्ने बताईएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
