• २३ फाल्गुन २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
लुम्बिनी प्रदेशसभाका सांसदले लिए शपथ




दाङ,१७ पुस । लुम्बिनी प्रदेशसभा सदस्यहरुले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । आईतबार लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङमा नवनिर्वाचित सदस्यहरुले शपत लिएका हुन् । प्रदेश प्रमुख अमित शेरचनले पद तथा गोपनियताको शपत ग्रहण गराएका हुन् ।

लुम्बिनी प्रदेशसभामा प्रदेश प्रमुखले नै शपत ग्रहण गराउने गरेका छन् । प्रतिनिधिसभा तथा अन्य प्रदेशमा प्रदेश प्रमुखले जेष्ठ सदस्यलाई शपत ग्रहण गराउने र जेष्ठ सदस्यले अन्य सदस्यलाई शपत ग्रहण गराउने चलन छ । तर, लुम्बिनीमा सबै प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले नै शपत ग्रहण गराउने गरिएको छ ।

लुम्बिनी प्रदेशसभा ८७ सदस्यीय रहेको छ । जसमध्ये नेकपा एमालेबाट २९, नेपाली कांग्रेसबाट २७, माओवादी केन्द्रबाट ९, राप्रपा र नागरिक उन्मुक्ति पार्टीबाट ४र४ जना रहेका छन् । त्यस्तै जसपा, लोसपा, जनमत पाटी र स्वतन्त्र ३र३ जना तथा नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबाट एकरएक जना सांसद रहेका छन् ।

साथै प्रदेशसभाको पहिलो अधिवेशन सोमबार दिउसो १ बजे बस्ने छ ।

Facebook Comments