• २ बैशाख २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
देउखुरीका वन जोगाउन डिभिजन वन कार्यालयले गर्यो गढवामा अन्तक्रिया




आलोक भावुक
गढवा, १७ पौष । देउखुरीका वन जोगाउन डिभिजन वन कार्यालय देउखुरीले पहल सुरु गरेको छ। ‘हरियो वन नेपालको धन’ शब्दमा मात्र सिमित भैरहेको बेला डिभिजन वन कार्यालय देउखुरीले भने वन क्षेत्रमा हुने गरेको चोरी, निकासी र रातारात हुने गरेको तस्करी लाई नियन्त्रण गर्न स्थानीय तहसंग छलफल सुरु गरेको छ।

सव डिभिजन वन कार्यालय गढवाले शनिवार गढवा गाउँपालिका भरीका विभिन्न सामुदायिक वनका पदाधिकारी,वडाका जनप्रतिनिधिहरु, प्रहरी, काठ व्यवसायी, सब मिलका सञ्चालक, वन महासंघका अध्यक्ष साथै सरोकारवाला निकायहरुसंग देउखुरीका वन क्षेत्रको संरक्षण कसरी गर्न सकिन्छ भन्ने वारेमा अन्तक्रिया कार्यक्रमको आयोजना गरी छलफल गरिएको सव डिभिजन वन कार्यालय गढवाले जनाएको छ ।
डिभिजन वन कार्यालय देउखुरीका डिएफओ राजु क्षेत्रीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य एवम् गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो।
डिभिजन वन कार्यालय देउखुरीका प्रमुख राजु क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा देउखुरीका वन क्षेत्रमा देखिएका समस्याहरुको समाधानका लागि स्थानिय वासीन्दाहरुले खेल्नु पर्ने भुमिकाका साथै स्थानिय सरकार र डिभिजन वन कार्यालय देउखुरीले गर्नु पर्ने सहयोगमा वारेमा छलफल गरिएको थियो ।

छलफल पछी अन्तरक्रिया कार्यक्रम बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले सामुदायिक वनलाई उत्पादनमुखी कार्यक्रम संग जोड्न आवश्यक रहेको बताउनुभयो भयो। सामुदायिक वनको काठ कटानी गरेर बेच्नु मात्र नभएर सामुदायिक वनले कम्तीमा एक सामुदायिक वन एक उत्पादनमुखी कार्यक्रम बनाएर अघि बढे मात्र सफल हुने बताउदै सम्पूर्ण सामुदायिक वनहरुका सरोकारवाला निकायलाई उत्पादनमुखी कार्यक्रम बनाउन जोड दिनु भयो। सबै सामुदायिक बनले आफ्नो समुहलाई उत्पादनमा जोड्ने आवश्यक रहेको बताए।
नदिजन्य र वन क्षेत्रमा भैरहेको चोरी तस्करी लाई नियन्त्रणमा पालिका सक्रियरुपमा लागि परेको बताउदै सामुदायिक वन क्षेत्रमा हुने विकाश निर्माणमा स्थानीय स्रोत साधन प्रयोग गर्दा राज्यको करोडौ राजस्व गुमेको बताउनु भयो। त्यसैगरी नाका क्षेत्रमा पर्ने भुभागमा पनि खोलामा रहेको ढुङ्गा जस्ता नदिजन्य पदार्थको सही सदुपयोग नगर्द करोडौको राजस्व भारतमा बगेर जाने गरेकोले राष्ट्रिय वन क्षेत्रको खोलानालामा रहेको ढुङ्गा र काठलाई प्रक्रिया मिलाएर उपयोग गर्न सके ठुलोमत्रामा राजस्व आउने सुझाव दिनु भयो। सामुदायिक वन र राष्ट्रिय वन दुवै बिनासको संघारमा पुगेको बताउदै वन बचाउने तर्फ नयाँ र ठोस कदम चाल्न आवश्यक रहेको बताउदै स्थानीय वन ऐन बनाएर भए पनि वन वचाउने तर्फ आफु अग्रसर रहेको अध्यक्ष पोख्रेलले बताउनु भयो ।

त्यसैगरी कार्यक्रम बोल्दै कार्यक्रमका बिशिस्ट आतिथी तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले डिभिजन वन कार्यालयले स्थानीय तह संग सहकार्य गर्दा आफु अत्यन्त खुशी भएको बताउनुभयो। दिन प्रतिदिन नयाँ भौतिक संरचना बन्दै गर्दा चोरी तस्करीको काठ प्रयोग हुनु दुर्भाग्यपुर्ण भएको बताउनुभयो। सामुदायिक वनको काठको मात्र समस्या नभएको भन्दै सामुदायिक वन क्षेत्र भित्र रहेको नदिजन्य पदार्थको चोरी तस्करी पनि ठुलो समस्या भएको बताउदै त्यसलाई समाधान गर्न अत्यावस्यक रहेको बताउनुभयो।

कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरुले वन डिभिजन कार्यालय र जनप्रतिनिधि र वन संगका बिभिन्न ब्यक्तिहरुको उपस्थितिमा भएको अन्तरक्रियाबाट धेरै कुरा बुझ्न पाएको बताउदै कमिसनको खेलमा रातारात चोरी तस्करी भएको र वन क्षेत्रमा नदिजन्य पदार्थको उतखनन् गरिएको खबर पुलिस प्रशासन लगाएत सबै लाई हुँदा पनि मौन बस्दा मिलिमतो मै हुने गरेको होकि भन्ने आशंका आम जनमानसमा हुने गरेको बताए । त्यसैगरी समिल र काठका उध्धोगी व्यापारीहरुले घर निर्माण गर्दा प्रयोग हुने काठको स्रोतरभ्याट बिल अनिवार्य गरे काठको चोरी निकासी बन्द हुने बताउनु भयो ।

चोरी तस्करी बाट सस्तो मुल्यमा काठ गाउघर र बजारमा फालाफाल भएकोले आफुहरुले नितिगत काम गर्दा पनि काठको व्यापारमा ठुलो घाटा व्यहोर्नुपरेको गुनासो समेत पोखे। ुहामीले वडा र पालिकालाई अनुरोध गर्छौ, ( वडा भित्र निर्माण हुने सबै भौतिक संरचनाहरुमा काठको प्रयोगमा भ्याटबिल अनिवार्य गरियोस् नगरेको खण्डमा त्यो घर पास नगरौ यसो गर्दा चोरी तस्करीको काठको मागमा कमी आउछ र वन जंगल विनाश हुन बाट बच्छ र हामी काठका व्यापारीहरु पनि आफ्नो उचित मुल्यमा काठ बेच्न पाउछौ व्यापारीहरुले भने ।

कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय देउखुरीका डिएफओ राजु क्षेत्रीले स्थानीय निकायले वन ऐन बनाउन चाहे आफुलै सहयोग गर्ने बताउनु भयो।पालिकामा वन सम्बन्धि एउटाशाखा भएको भए वन क्षेत्रको लागि बरदान साबित हुने बताउदै समग्र देउखुरीको वनको सवालमा आफु सक्रिय रुपमा लागेको बताउनु भयो। देउखुरीका ४६ सामुदायिक वन मध्ये एक ओटा वनले मात्र प्रक्रियामा अघि बढेको बताउदै क्रियाशील हुन सबैलाई अनुरोध गर्नु भयो।
सामुदायिक वनको संरक्षण जनताले गर्छन भनेको सुन्दा विश्व नै अचम्मित भएको बताउनु भयो। तर अधिकांश सामुदायिक वनको काठ दाउरा बिक्री बितरण, अडिट, साधारण सभा गर्न नस्कनु दुखद पक्ष भएको क्षेत्रीले बताउनुभयो ।

एउटा अध्यक्षले अर्को अध्यक्षलाई उपभोक्ता समितिको कागजपत्र र टाँचा हस्तान्तरण समेत हुन गर्न नसक्ने अवस्थामा सामुदायिक बन पुगेको बताउदै सुधार्नै एकदमै आवश्यक रहेको बताउनुभयो।केही सामुदायिक वनमा त अडिट रिपोर्ट, टाँचा र रजिस्टर हराएको समेत जानकारी पाएका छौ जुन एकदमै गैरजिम्मेदार हो डिएफओ क्षेत्रीले बताउनुभयो।

यसैगरी डिएफओ क्षेत्रीले अवका दिनमा सामुदायिक वनका जुनसुकै गतिविधि गर्दा पनि स्थानिय सरकारको सहभागितामा गर्न सुझाव समेत दिनु भएको थियो । साथै डिएफओ क्षेत्रीले वन ऐनका वारेमा जानकारी गराउँनु भएको थियो ।

कार्यक्रममा सञ्चालन सव डिभिजन वन कार्यालय गढवाका प्रमुख ओम ओलीले गर्नुभएको थियो।

Facebook Comments