गोविन्द खड्का
घोराही, १६ पुस । मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ घोराहीको अध्यक्षमा शालीकराम खनाल सर्बसम्मत चयन हुनुभएको छ । संघको शनिवार घोराहीमा सम्पन्न सातौँ साधारणसभा तथा तेस्रो अधिवेशन बाट ११ सदस्यीय नयाँ कार्या समिति चयन भएको छ ।
यसैगरी उपाध्यक्षमा शेष नारायण शर्मा, सचिव शरद केसी, सह सचीव केशव राज भुसाल र कोषाध्यक्षमा कृष्ण कुवर चयन हुनुभएको छ । सदस्यहरुमा चन्द्रप्रकाश विश्वकर्मा, धतेन्द्र प्रताप विश्वकर्मा, भिमसेन डिसी, सुरेश पोख्रेल, गिरराज पोख्रेल र प्रेम पुन चयन हुनुभएको छ । 

त्यसैगरी लेखा समितिमा श्यामसुन्दर शर्मा र जिवन वली चयन हुनुभएको छ । संघको सल्लाहकारमा गाविन्द पाण्डे, दिपक पाण्डे र काशीनाथ भण्ढारी चयन हुनुभएको छ । 

संघका अध्यक्ष दिपक पाण्डेयको अध्यक्षता एवं घोराही १४ का अध्यक्ष भान सिं बुढाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका सल्लाहकार गोविन्द पाण्डे लगाएतले शुभकामना व्यक्त थियो ।
संघका उपाध्यक्ष शालिकराम खनालले स्वागत गर्नुभएको कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष शरद केसीले, लेखा प्रतिवेदन भिमसेन डिसीले प्रस्तुत गर्नुभएको थियो । सहजीकरण सचिव शेषनारायण शर्माले गर्नुभएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
