पुस १६ दाङ
एक कार्यक्रमका बिच अम्बिकेश्वरी क्याम्पसमा सोसल अफेयर क्लब गठन गरिएको छ ।
क्याम्पस प्रमुख चन्द्र प्रकाश खनालको अध्यक्षता तथा क्याम्पस अध्यक्ष द्रोण खड्काको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको बिच बोमकला बोमपाल मगर को नेतृत्वमा क्लब गठन गरियो ।
जसको उपाध्यक्षमा रोशनी धिताल, सचिबमा रण बहादुर खड्का ,सह सचिबमा शिव कुमार चौधरी तथा कोषाध्यक्ष सुस्मिता लामिछाने साथै ४५ सदस्य कमिटी गठन गरिएको छ । यश क्लबको ब्यबस्थापकमा श्री बसन्त प्रसाद रिजाल र सल्लाहकारमा द्रोण खड्का ,नरेन्द्र बन्जाडे , कृति डि सि तथा गौरब भट्टलाइ मनोनीत गरिएको छ ।
कार्यक्रम संचालन क्लबका सचिब रण बहादुर खड्काले गर्नु भएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
