• १ बैशाख २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
चालु पुँजिकर्जा सम्बन्धी मार्गनिर्देशन स्थगन गर्न अर्थमन्त्री पौडेललाई चेम्बरको आग्रह




पुस १५, काठमाडौं ।
नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलसंग बिहिबार भेटवार्ता गरेको छ । सिंहदरबारस्थित अर्थमन्त्रालयमा चेम्बर अध्यक्ष राजेन्द्र मल्ल सहितको टोलीले अर्थमन्त्री पौडेलसंग आर्थिक र वित्तिय अवस्थाबारे छलफल गरेको हो । अध्यक्ष राजेन्द्र मल्लले चेम्बरका तर्फबाट बिभिन्न ८ वु“दामा सुझाव समेत दिनुभएको छ । पुजिगत खर्चमा सुधार, भन्सार सहजीकरण, चालुपु“जि कर्जा सम्वन्धी मार्ग निर्देशनको स्थगन लगायतका विषयमा चेम्बरले अर्थमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।
भन्सारको सहजीकरण गरेर राजश्वको दायरा फराकिलो बनाउनुपर्ने भन्दै अध्यक्ष मल्लले बस्तुहरुको आयात निर्यातमा कारोबार मुल्यलाई मान्यता दिनुपर्ने बताउनुभयो । उहाले भन्नुभयो,‘भन्सार प्रक्रीयामा सन्र्दभ मुल्य कायम हु“दा यसले राजश्व प्रभावित भएको छ र अवैध कारोबारलाई प्रोत्साहन मिलेको छ । सरकारको राजश्व संकलनकार्य समेत प्रभावित भएको छ, ।’ अध्यक्ष मल्लले सीमा नाकामा हुने अवैध कारोबार रोकेर भन्सार प्रणालीलाई व्यवस्थित गर्न समेत नवनियुक्त अर्थमन्त्री पौडेलसमक्ष आग्रह गर्नुभयो ।
दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने सरकारी लक्ष्य पुरा गर्नका लागि एकल अंकको ब्याजदर कायम गरिनुपर्नेमा अध्यक्ष मल्लले जोड दिनुभयो । राष्ट्रबैंकले ल्याएको चालुपु“जि कर्जा सम्वन्धी मार्गनिर्देशन कार्यन्वयन गर्न नीजि क्ष्ँेत्र असमर्थ रहेकाले तत्काल स्थगन गर्नुपर्ने अध्यक्ष मल्लको भनाई छ । उहा“ले भन्नुभयो,‘ नेपाल राष्ट्र बैंकबाट हालै जारी भएको “चालु पुँजी कर्जा मार्गदर्शन २०७९”ले विद्यमान तरलता अभावको परिस्थितिमा व्यवसायीक क्षेत्रमा थप असहज परिस्थितिमा सृजना गरेकोले सो मार्गदर्शन स्थगित गरिनुपर्दछ, ।’सो मार्गनिर्देशनले व्यवसाय बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको अध्यक्ष मल्लको भनाई छ । मुलुकको पु“जिगत खर्च समयमै हुन नसक्दा पनि अर्थतन्त्रले लय समाउन नसकेको अध्यक्ष मल्लले बताउनुभयो । केन्द्र, प्रदेश र स्थानीय तहमा हुन नसकेको पुँजिगत खर्चको ९० प्रतिशतदेखि ९ प्रतिशत सम्मरकम बैक तथा वित्तिय संस्था मार्फत चलायमान गरिनुपर्नेमा अध्यक्ष मल्लले जोड दिनुभयो ।
चेम्बरले उठाएको माग सम्वन्धमा आफु गम्भिर भएको अर्थमन्त्री पौडेलले बताउनुभयो । मुलुकको आर्थिक समृद्धि र उन्नतीका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नभएको अर्थमन्त्री पौडेलको भनाई छ । अर्थतन्त्रमा देखिएका सवै समस्याको समाधानका लागि आफुले पहल शुरु गरेको अर्थमन्त्री पौडेलले बताउनुभयो ।

Facebook Comments