नबिन पिएम
सल्यान, १३ पुस । सल्यानमा भीरबाट लडेर छुट्टाछुट्टै स्थानमा २ जनाको मृत्यु भएको छ । जिल्लाको छत्रेस्वरी गाउँपालिका-६ रानागाउँकी अन्दाजी ५० वर्षीया कमला डाँगी र रोल्पाको गंगादेव गाउँपालिका-५ महानेटाका अन्दाजी ५० वर्षीय तुलाराम ओलीको भीरबाट लडेर ज्यान गएको हो ।
छत्रेस्वरीकी डाँगी मंगलबार दिउँसो करिब ३ बजेतिर घरबाट घाँस काट्न नजिकैको खोरबारे जंगलमा गएको बेला भीरबाट लडेकी थिइन् । उनी भिरबाट करिब २०० मिटर तल खसेकी थिइन भने, रोल्पाका ओली सोमबार सल्यानको बाग्चौर नगरपालिका ५ टाटके, रानीपोखरा मेला हेरेर घर फर्कने क्रममा नजिकैको कालीभीरबाट लडेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक गोपालप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
भीरबाट लडेर घाइते डाँगी को उपचारका क्रममा जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको र मेला हेर्न गएका ओली घर नफर्केपछि आफन्तले खोजी कार्य गर्दा मंगलबार बेलुकी भीरबाट लडेर मृत अवस्थामा फेला पारेको प्रहरी निरीक्षक श्रेष्ठले बताउनु भयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।