• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कागजी शिक्षालाई बैज्ञानिक र प्रयोगात्मक बनाउनुपर्छ :- अध्यक्ष टेकलाल




प्रेम क्षेत्री
बान्द्रे, १२ पुस । रोल्पाको रुन्टीगढी गाउँपालिकाले आगामी शैक्षिक सत्रदेखि आफ्नै स्थानीय पाठ्यक्रम लागुगर्ने तयारीमा गरेको छ । पालिकाका विभिन्न वडाहरुमा स्थानीय पाठ्यक्रम निर्माण गर्ने उद्देश्यले स्थानीय सरोकारवालाहरुसँग सुझाव संकलन कार्यलाई तीब्रता दिएसँगै स्थानीय पाठ्यक्रम निर्माण सुझाव संकलन समितिले मंगलबार पालिकाको ७ नम्बर वडा कार्यालय बान्द्रेमा उक्त कार्य सम्पन्न गरेको छ ।

रुन्टीगढी गाउँपालिका- ७ का वडा अध्यक्ष टेकलाल पुनले शिक्षालाई स्थानीयस्तरका भएका संभावित कृषि , पर्यटन , धार्मिक , भेषभुषा रहनसहन यहाँको मुलिकतालाई जगेर्ना गर्न सक्ने शिक्षाको आवश्यकता औल्याए । कागजी शिक्षालाई बैज्ञानिक र ब्यबहारिक बनाउन प्रयोगात्मक सिर्जनशीलतामा जोड्नुपर्ने र बिदेशी शिक्षाको नक्कल गरि शिक्षामा दन्डहिनता हुनुले शिक्षामा अराजकता निम्त्याएको पनि बताएका छ्न् ।

कार्यक्रमलाई सुझाव एवं धन्यवाद दिदै पालिका अध्यक्ष जनक पुनले पनि शिक्षा लाई गुणस्तर र प्रभावकारि बनाउन रुन्टिगढिको पहिचान झल्किने विद्यार्थीहरुको क्षमता वृद्धिको लागि स्थानीय स्तरमा भएका विविधतालाई समेतेर उत्कृष्ट पाठ्यक्रम निर्माण गर्न सुझाव दिएका हुन ।

उक्त कार्यक्रममा राजनैतिक दल, बुद्धिजीवी, पत्रकार, विभिन्न शिक्षा सरोकारवाला ब्याक्तीहरुले आ- आफ्नो महत्त्वपूर्ण सल्लाह सुझाव सहित नवीनतम कामको लागि धन्यवाद सम्म दिएका छन् ।

रुन्टीगढी गाउँपालिकामा कक्षा १-८ काे स्थानीय विषयकाे पाठ्यक्रम निर्माण कार्यका सुझाव संकलन अन्तिम चरणमा पुग्दै गर्दा वडा नं ७ मा पर्ने महेन्द्र माबी होलेरी, पशुपति प्राबी गैरा, सरस्वती माबी सतिम,बालकल्याण आबि बलबाङ्ग,देबेश्वरी प्राबी बान्द्रे,ज्योतिपुन्ज प्राबी सालिबाङ लगायतका विद्यालयला मध्यनजर गरि रुन्टीगढी स्थानीय पाठ्यक्रम सुझाव संकलन समितिले उक्त कार्यक्रम वडा कार्यालय बान्द्रेमा गरेको हो ।

रुन्टीगढी गाउँपालिकाकाे वडा नं.७ का वडा अध्यक्ष टेकलाल पुनको अध्यक्षता एवं रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनको प्रमुख आथित्यता र शिक्षा शाखा प्रमुख तथा स्थानीय पाठ्यक्रम निर्माण सुझाव संकलन समितिका संयाेजक अन्जु शर्माको बिशेष आतिथ्यतामा भएको कार्यक्रममा स्थानीय पाठ्यक्रम निर्माण सुझाव संकलन समिति सदस्य महेन्द्र रोका,निबर्तमान वडा अध्यक्ष जंग बहादुर घर्ती, नेपाली काङ्ग्रेस क्षेत्रीय कार्यसमिति सदस्य दिलमन बुढाथोकी, नेपाली कांग्रेस रुन्टीगढी ७ का वडा सभापति चन्द्र बहादुर बोहरा ,नेकपा एमाले रुन्टीगढी ७ का काबा अध्यक्ष प्रेम बहादुर बस्नेत, ,नेकपा माओवादी केन्द्र रुन्टीगढी ७ का वडा उपाध्यक्ष निमकान्त घर्ती लगायत वडामा संचालित विद्यालयका विव्यस अध्यक्ष र प्रधानाध्यापक , शिक्षक, राजनीतिक दलका प्रतिनिधि र शिक्षाका सराेकारवालाहरुकाे सहभागिता रहेको थियो ।

सुझाव संकलन समितिका सदस्य तारा बाँठाको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण रुन्टिगढी शिक्षा साखा प्रास तथा स्थानीय पाठ्यक्रम सुझाव संकलन समितिका सचिव घन बहादुर डाँगीले गरेका थिए ।

Facebook Comments