• २२ फाल्गुन २०८२, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा दुई जेष्ठ नागरिकहरुलाई सम्मान




कमल खड्का
होलेरी, १२ पुस । रोल्पाको होलेरीमा पनि सोमबार राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाईएको छ । “ हामी सबैको सरोकार जेष्ठ नागरिकको अधिकार ” भन्ने मुल नाराकासाथ रुन्टीगढी गाउँपालिकाकोे जेष्ठ नागरिक मिलन केन्द्र भवनमा जेष्ठ नागरिकहरुका बिच उक्त दिवस मनाईएको हो ।

२०५१ साल पुस ११ गते जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको दिनलाई स्मरण गर्दै पोहोर देखि राष्ट्रिय जेष्ट नागरिक दिवस मनाउन सुरु गरिएको हो । दिवसको अवसर पारेर दुई जेष्ठ नागरिकहरुलाई खादा ओदाएर सम्मान गरिएको छ ।

सम्मानित हुने जेष्ठ नागरिकहरुमा रुन्टीगढी वडा नम्बर ६ निवासी ८९ वर्षका इन्द्र बहादुर गुरुङ र वडा नम्बर ९ निवासी ७७ वर्षिय भुमिसरा डागी रहेकी छन । दिवसका अवसरमा बोल्ने बक्ताहरुले जेष्ठ नागरिक ज्ञान, सीप, अनुभव र प्रेरणाका पुञ्ज भएको कुरा ब्यक्त गर्दै उनिहरुको सम्मान एवंम सुरक्षा गर्नु हामी सबै लागि कर्तब्य भएको कुरा ब्यक्त गरेका थिए ।

रुन्टीगढी गाउँपालिका महिला वालवालिका तथा जेष्ठ नागरिक शाखा होलेरी रोल्पाको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुन्ले गर्नुभएको थियो । कार्यक्रको स्वागत्त मन्तब्य जेष्ठ नागरिग मिलन केन्द्रका सचिब रुद्रमनि सुबेदीले दिनु भएको थियो ।

Facebook Comments