दाङ, १० पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घोराही नगरको आयोजनामा भएको विद्यालय स्तरीय शिक्षक भलिबलको उपाधि ज्ञानज्योति एजुकेसनल एकेडेमीले चुमेको छ ।
भलिबल खेलको उपाधिका लागि ज्ञानज्योति एजुकेसनल एकेडेमी र गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुलबिच खेल भएको थियो ।
आज भएको फाइनल खेलमा ज्ञानज्योति एजुकेसनल एकेडेमीले पहिलो सेटमा २५-१९ र दोस्रो सेटमा २५-१८ले गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुललाई पछाडि पार्दै उपाधि चुमेको हो ।
उपाधिका लागि ज्ञानज्योति एजुकेसनल एकेडेमीसँग फिल्डमा भिडेको गोरखा फस्ट रनर अप बन्दै उपविजेता भएको हो ।
सेकेन्ड रनर अपका लागि मेचीकाली मावि र दीपशीखा माविबिच खेल भएको हो । पहिलो सेटमा २५-९ र दोस्रो सेट २५ -१७ मा दीपशिखा माविलाई पछाडि पार्दै मेचीकाली मावि सेकेन्ड रनर अप भएको हो ।
आज भएको सेमिफाइनलका लागि भएको खेलमा दीपशिखा माविले पशुपति विद्याश्रमलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो ।
त्यस्तै मेचीकाली माविले अर्किड एकेडेमीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो ।
ज्ञानज्योति एजुकेसनल एकेडेमीले स्टार माविलाई
पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो ।
गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरीले ज्योतिपुञ्ज आवासीयलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो ।
सेमिफाइनलको खेलमा ज्ञानज्योति एजुकेसनल एकेडेमी दीपशिखा माविलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।
गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुलले मेचीकाली माविलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।
खेलमा प्रादेशिक रेफ्रीको भूमिका हेमराज घर्तीले निभाएका थिए ।
कार्यक्रमको समापन अध्यक्ष बीरेन्द्र चन्दको अध्यक्षता तथा प्याब्सनका केन्द्रीय सचिव यादव गिरीको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमको सहजीकरण सचिव बालकृष्ण ओलीले गरेका थिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।