• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
तमिलनाडुमा तिर्थयात्रु बोकेको गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु




भारतको तमिलनाडुको थेनी जिल्लामा श्रद्धालु सवार कार दुर्घटना हुँदा  आठ जनाको मृत्यु भएको छ भने नौ वर्षीय बालकसहित दुई जना घाइते भएका छन् । कार सडकबाट करिब ४० फिट तल खस्दा सो दुर्घटना भएको हो ।

अन्दिपट्टी नजिकैको सन्मुगासुन्दरपुरम गाउँका दश अयप्पा भक्तहरु सबरीमालाको दर्शन गरेर घर फर्कँदै गर्दा शुक्रबार बेलुका उनीहरूको कार दुर्घटनामा परेको थियो। उनीहरू कुमुली पहाडी सडक इराइचलपलम नजिक पुग्दा सो कार खाडलमा खसेको थियो ।

‘थेनी जिल्लाको कुमुली पहाडको भञ्ज्याङमा सो कार ४० फिट गहिरो खाडलमा खस्दा आठ श्रद्धालुको मृत्यु भएको छ,’ थेनीका जिल्ला कलेक्टर केभी मुरलीधरनले  बताएका छन् । उनले दुई जनालाई उद्धार गरी अस्पताल लगिएको पनि बताएका छन् ।

उद्धार गरिएका दुई जनामा ९ वर्षीय बालक समेत रहेका छन् । गम्भीर घाइते भएका उनीहरूलाई नजिकैको सरकारी अस्पतालमा प्राथमिक उपचार गरिएको थियो । दुर्घटनाबारे अनुसन्धान जारी छ ।  

Facebook Comments