दाङ, ८ पुस । पद्माेदय क्याम्पस शिक्षक बिद्यार्थी समन्वय समितिकाे पुनर्गठन कार्य सम्पन्न भएको छ । शुक्रबार यस पद्माेदय क्याम्पसका क्याम्पस प्रमुख निश्चल आचार्य तथा शिक्षक बिद्यर्थी समन्वय समितिका अध्यक्ष सुनिल कुमार घर्ती मगरको अध्यक्षतामा पुनर्रगठन कार्यक्रम सम्पन्न भएको हाे ।
पदाधिकारीहरुकाे हक अधिकार र कर्तव्य बारे प्रष्ट पार्दै जिम्मेवारबाट बन्चित नहुन आचार्यले अनुराेध गर्नुभएकाे थियाे ।

आगामी कार्यकालको शुभकामनासहित सचिव बिष्णु गाेराथाेकिले माइनाेट र काेषाध्यक्ष खुस्वु पुनले आर्थिक प्रतिबेदनसहित नयाँ कार्यसमितिलाइ रकम हस्तान्तरण गर्नुभएको हाे ।
- नयाँ कार्यसमितिमा अध्यक्ष विष्णु गोराथोकी, उपाध्यक्ष लक्ष्मण भन्डारी, सचिव नारायण केसि, सह-सचिव दिपक पाण्डेय जैसी, कोषाध्यक्षमा उर्मिला वलि रहनुभएकाे छ ।

यसैगरी सदस्यहरुमा: निर्मला कालाथोकी, अस्मिता भण्डारी,अस्मिता रेग्मि, शिल्पा , सुस्मिता चौधरी, शिरिष रेग्मि, अलिशा बुढाथोकी, अनिता कवर रहनुभएकाे छ भने सल्लाहाकारहरुमा निश्चल आचार्य, निसान्त आचार्य कुमार राज श्रेष्ठ, खुस्बु पुन र नेहा पुन रहनुभएकाे छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

