• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
संस्कृत युवा मञ्चको पाचौं वार्षिक साधारण सभा सम्पन्न




संस्कृत युवा मञ्च नेपालको पाँचौं वार्षिक साधारण सभा तथा रमाइलो वनभोज कार्यक्रम सम्पन्न भएको छ । मञ्च नेपालको आयाजनामा बहीबार पोखरामा सो सभा भएको हो । कार्यक्रमका प्रमुख अतिथि भागवत भाष्कार कमलनयन गौतमले दिप प्रज्वलन गरेर उक्त सभाको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा केदारेश्वर आश्रमका पिठाधिश गुरु डा चिद्धन चैतन्य , विन्दुवासिनी संस्कृत विद्यापीठका प्राचार्य डा जग्गनाथ रेग्मी, उप प्राध्यापक डा भोला नारायण रेग्मी, दिपक सापकोटा पोखरा महानगर पालिका वडा नं ९ का वडा सदस्य लक्ष्मी पहारी, गीता चन्द्रकारले संस्कृतको महत्व र विश्वव्यापी रूपमा फैलिएको संस्कृत शिक्षाको नेतृत्व अव युवाले लिनु पर्छ भन्दै संस्थाको प्रोत्साहन गर्नुभएको थियो ।

 

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष राम प्रसाद सिग्देल निर्वतमान अध्यक्ष हरिशरण पौडेल सल्लाहकार गिरिधर आचार्य लगायतका विशिष्ट व्यक्तिले संस्कृत शिक्षासँगै सामाजिक कार्यमा अग्रसर रहनु पर्ने विषयमा सम्बोधन गर्नुभएको थियो साथै यस संस्थाले साप्ताहिक रुपमा नयावजार ९ स्थित शान्तिघाट प्रत्येक शनिबार गङ्गा आरती गर्दै आएको जानकारी संस्थाका सह सचिव तथा कार्यक्रम संयोजक महेन्द्र ढकालले बताउनु भएको छ ।

संस्थाका कार्यवाहक अध्यक्ष विश्वराज सापकोटाको अध्यक्षता एवं भागवत भाष्कार कमलनयन गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन सचिव केशव गौतमले गर्नुभएको थियो ।

Facebook Comments