• २७ फाल्गुन २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
अवैध नदीजन्य पदार्थको ओसारपसारप्रति नागरिक समाज दाङको गम्भीर ध्यानाकर्षण




दाङका नदीनाला तथा खाेलाबाट अवैध रुपमा विगतदेखि नदिजन्य पदार्थकाे ओसारपसार भई रहेकाेप्रति नागरिक समाज दाङले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उक्त कार्य तत्काल राेक्न सम्बन्धित क्षेत्रसँग माग गरेकाे छ ।

समाजका संयाेजक केबी मसालकाे अध्यक्षतामा बिहीबार घाेराहीमा बसेकाे बैठकले यसअघि पनि याे विषयमा सम्बन्धित क्षेत्रमा ध्यानाकर्षण गराउँदै आएपनि अवैध कार्य निरन्तर र व्यापक रुपमा भईरहेकाे ठहर गर्दै प्राकृतिक श्राेतकाे अवैध, गैर कानुनी दाेहन हुँदा पनि सम्बन्धित क्षेत्र माैन रहेकाे प्रति कडा रुपमा विराेध गर्दै उक्त कार्य तत्काल राेक्नका लागि कानुन सम्मत कदम चाल्न माग गरेकाे हाे ।

यसैगरी, जिल्लाका दस वटै पालिका भित्रका सार्वजनिक जग्गा अतिक्रमण भई दुरुपयोग भएको विषयमा पनि नागरिक समाजले ध्यानाकर्षण भएको जनाएको छ ।

सार्वजनिक जग्गा अतिक्रमण भएको स्थानकाे स्थलगत अनुगमन गरि साे क्षेत्रमा बनाईएका अवैध संरचना हटाई सार्वजनिक हीतमा प्रयाेग गर्न गराउन सम्बन्धित निकायकाे ध्यानाकर्षण गराएकाे छ ।

यसैगरी घाेराही तुलसीपुर चारलेन सडक बिस्तारकाे काम अलपत्र पर्दा सडककाे दायाँबायाँ खनिएको खाडलका कारण यात्रामा असजता थपिनुका साथै सडक दुर्घटना बढेकाे तथा धुलाेले जनस्वास्थ्यमा असर पुर्याई रहेकाे हुँदा अबिलम्ब सम्झौता अनुसार काम अघि बढाउन ध्यानाकर्षण गराएकाे छ ।

दाङका बजार क्षेत्रहरु घाेराही, तुलसीपुर, लमही, भालुवाङ, हापुरेलगायत क्षेत्रलगायत सबै ठाउँमा यातायात अावागमन सहज बनाउन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाई दुर्घटना न्युनीकरण गर्न र बजारमा पार्किङ व्यवस्थापनमा ध्यान दिन अपिल गरिएकाे छ ।

यस्तै, सार्वजनिक सवारीसाधनमा निर्धारण गरिएकाे भाडादर कार्यान्वयन गर्न तथा जेष्ठ नागरिक ऐन २०६५ ले गरेकाे व्यवस्था अनुसार भाडामा सुविधा कार्यान्वयन गर्न माग गरिएको समाजका सचिव नारायणप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

Facebook Comments