• ४ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
‘सहकारी आर्थिक विकासको मेरुदण्ड’




 

गोरखा ग्रुप दाङका अध्यक्षता तथा गोरखा बहुउद्देश्यीय सरकारी संस्था अध्यक्षका निवर्तमान अध्यक्ष मानबहादुर बुढाले सहकारी आर्थिक विकासको एक मेरुदण्डका रुपमा स्थापित हुदै गईरहेको बताउनुुभएको छ ।No description available.

बहुउद्देश्यीय सरकारी संस्थाको नवनिर्वाचित कार्य समितिको स्वागत सम्मान तथा पद हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि समेत रहनुुभएका बुढाले सहकारीको मुख्य मर्म र कर्म नै सामाजिक आर्थिक रुपान्तरण रहेको बताउनुुभएको थियो । सहकारी विकासले आर्थिक सुुरक्षाको हिसाव राख्ने चेतना स्तर शहरदेखि गाउँसम्म बढाउदै लगेको उहाँको भनाई थियो । तर सहकारी संस्थाहरु बचत र ऋणमै सीमित बन्दै गइरहे पनि उद्देश्य अनुरुपका योजना हासिल गर्न नसकेको उहाँको धारणा थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा सदस्य गिरिराज नेपालीले सहकारी विकासले आर्थिक चेतनाको स्तरको विकास बढाउदै लगे पनि सीपका आधारित उद्यमशिलताको विकास बढाउन नसकेको बताउनुुभएको थियो । सहकारी राष्ट्रको आर्थिक विकासको एक अङ्ग रहेपनि सहकारी संस्थाहरु सीमित योजना र लक्ष्यमा मात्रै तलिन बनिरहेको भनाइ राख्नुुभएको थियो ।
गोरखा बहुउद्देश्यीय सरकारी संस्था नवनिर्वाचित अध्यक्ष कमल कुुमाखीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका निवर्तमान उपाध्यक्ष दिपेन्द्र पुन, सचिव जीतबहादुर घर्ती, लगायतकाले आफ्ना भनाई राख्नुुभएको थियो । संस्थाको नवनिर्वाचित उपाध्यक्ष सम्झना घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव सरस्वता गौतमले गर्नुभएको थियो ।

Facebook Comments