• २४ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
अनेमसंघको मसाल बालेर संगठन सुदृढ तथा विस्तार अभियानको उद्घाटन




घोराही, ६ पुस । नेपाल कम्युनिस्ट पार्टीको निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) दाङको मसाल बालेर संगठन सुदृढ तथा विस्तार अभियानको उद्घाटन गरिएको छ । संगठनको आयोजना मंगलबार घोराही- १६ मा एक कार्यक्रमबीच सो अभियान औपचारिक रुपमा उद्घाटन गरिएको हो ।

नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य तथा दाङ जिल्ला इन्चार्ज शीतलले समाल बालेर उक्त अभियानको उद्घाटन गर्दै समाज, वर्ग र भूमिमा हुने अन्यार र अत्याचारविरुद्ध निरन्तर विद्रोहको झण्डा उठाइरहेको बताए । उनले अन्याय र अत्याचार सहेर बस्न हुन्न भन्नेर गाउँ- गाउँमा तथा शरमा सन्देश प्रवाह गर्दै आइरहेको स्पष्ट पारे ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाल कम्युनिस्ट पार्टीका पिबिएम शीतले पछिल्लो समयमा लघुवित्तले महिला समूहहरुलाई कंगाल बनाउने स्थितिमा पुर्‍याएको र अर्को मिटरब्याजले आज दुनियालाई मृत्युको भूमरीमा पुर्‍याइरहेको हुँदा कोही मिटर ब्याजको फन्दामा परेको भए तिर्नुनपर्ने र त्यसकाविरुद्धका मुद्दा मामिलाको जिम्मा आफ्नो पार्टीले लिने उद्घोष गरे । `अन्यायमा परेका जनतालाई बचाउनु हामीले हाम्रो कर्तव्य ठानेका छौं´, उनले भने ` त्यसकारण यावत प्रकारका अन्याय र अत्याचारहरु छन् । तर, फेरी त्यो मिटर ब्याज लगाउनेमा कोही त महिला समूहहरुका मान्छे पनि छन् । गरिखाने महिलाहरु त्यस्तोमा लाग्न हुन्न । पैसा भइहाल्छ कि भन्ने लोभमा फस्नु हुन्न । त्यो फस्नु हो, बिग्रनु हो । हामी यस्ता प्रकारका अन्यायको विरुद्धमा पनि लाग्नुपर्ने, जुट्नुपर्ने र संगठित हुनुपर्ने आजको अवस्था हो ।´

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सम्झना सीले महिलाहरु एकजुट र एकताबद्द भएमात्र आफूहरू सुरक्षित हुने बताइन् । उनले हामी सब एक भएर अगाडि बढेमात्र आफूहरूको समस्या, अप्ठ्यारा र चुनौतीहरुलाई हल गर्न सकिने स्पष्ट पारिन् । अब महिलाहरुले अपराधीहरुको विरुद्ध आगो बाल्न तयार हुनुपर्नेमा उनले जोड दिइन् ।

उक्त अभियानमा घोराहीमा टीका सी अध्यक्षतामा १७ जनाको वडा कमिटी निर्माण समेत गरिएको छ ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) दाङ जिल्लाका संयोजक रेखा सीको अध्यक्षता एवं नेपाल कम्युनिस्ट पार्टीका पिबिएम शीतल सीको प्रमुख अतिथि, पार्टीका केन्द्रीय सदस्य सम्झना, पार्टीका दाङ जिल्ला सेक्रेटरी जनक सी, पार्टीका घोराही नगरका इन्चार्जद्वय महान सी र पार्टीका तुलसीपुर नगरको इन्चार्ज बिजय सी, जबसको समन्वय प्रमुख रुद्र सी, जनसेवकका संयोजक प्रतिरोध, अनेमसंघ (क्रान्तिकारी)का केन्द्रीय सदस्य अशोका सी लगायतका आतिथ्यता रहेको थियो ।

अनेमसंघ (क्रान्तिकारी) घोराही नगरका अध्यक्ष मनिसा सीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण अनेमसंघ घोराही नगरका सचिव रमिता सीले गरेकी थिइन् ।

Facebook Comments