• ३ बैशाख २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
‘उज्यालो राप्ती’ अभियान सुरु




दाङको राप्ती गाउँपालिकालाई सडक बत्तीमार्फत उज्यालो बनाउने गरी ‘उज्यालो राप्ती’ अभियानकाे सुरुवात गरिएको छ।

राप्ती गाउँपालिकाले पालिकाकाे वडा नं.१ काे भालुवाङ्देखि वडा नं.५ काे सिंगेखाेला सम्मकाे पूर्व पश्चिम राजमार्गको करिब १५ किलोमिटर सडककाे विभिन्न स्थानहरूमा १५० भन्दा बढीको संख्यामा ‘सेन्सर’ सहितका ‘स्मार्ट’ सडक बत्तीहरू जडान गर्ने गरी उज्यालो राप्ती अभियानको काम अघि बढाइएको हाे।

सडक बत्ती जडानले गाउँपालिकालाई थप सुरक्षित र सुन्दर बनाउनुका साथै रातीको समयमा पैदल यात्रुहरुलाई यात्रा गर्न सहज हुने तथा सडक दुर्घटना र अपराधिक कृयाकलापहरु बाट बच्न सकिने पालिका अध्यक्ष विष्टले विश्वास व्यक्त गर्नु भएको छ।

Facebook Comments