• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती इञ्जिनियरिङ कलेजका नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण




घोराही, ५ पुस । दाङको घोराही-१६ सानीअम्बापुरमा संचालित राप्ती इञ्जिनियरिङ कलेजमा शैक्षिक सत्र २०७९/०८० मा सिटिईभिटी अन्र्तगत डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ, प्रि–डिप्लोमा इन सर्भे इञ्जिनियरिङ, प्रि–डिप्लोमा इन सिभिल इञ्जिनियरिङ र प्रि–डिप्लोमा इन इलेक्ट्रिकल इञ्जिनियरिङमा भर्ना भएका विद्यार्थीहरुलाई लागि अभिमुखिकरण तालीम सम्पन्न भएको छ ।

 

अभिमुखीकरण तालीमका मुख्य प्रशिक्षक योग गुरु रविन्द्र बस्नेतले योग, मेडिटेसन, जीवन जगत र जीवनलाई कसरी सार्थक बनाउँने भन्ने विषयमा प्रशिक्षण दिनुभएको थियो ।

 

राप्ती इन्जिनियरिङ कलेजका कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीले कलेजमा रहदा के गर्ने के नगर्ने र अध्ययनलाई कसरी नतिजामुखी बनाउँने भन्ने विषयमा प्रशिक्षण दिनु भएको थियो ।No description available.

उक्त तालीम कार्यक्रममा स्वागत मन्तव्य राख्दै राप्ती इञ्जिनियरिङ कलेजका प्रबन्ध निर्देशक डा. भीमसेन गिरीले भन्नु भयो, ‘कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त रहेको र अन्तराष्टिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्ने लुम्बिनी प्रदेशकै उत्कृष्ट कलेजको रुपमा चिनिन्छ ।No description available. कलेजले पोखरा विश्वविद्यालयबाट विई सिभिल र बिसिए कार्यक्रम तर्फ गोल्ड मेडल जित्न सफल भएको छ । हालैमात्र यस कलेजले नेपाल शिक्षा पुरस्कार २०२२ दुबईमा प्राप्त गरेको छ । यस कलेजबाट उत्पादित ८० प्रतिशत भन्दा बढी शैक्षिक जनशक्तिले रोजगार प्राप्त गर्न सफल भएका छन् । कलेज २०६५ सालमा स्थापना भएको भएको हो ।’No description available.

राप्ती इन्जिनियरिङ कलेजले ISo 2008:20015  प्रमाण पत्र प्राप्त गरेको छ ।

अभिमुखिकरण कार्यक्रमको सहजीकरण प्रशिक्षक रेशम विष्टले गर्नुभएको थियो ।

 

 

Facebook Comments