• २४ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
तीन बुँदे सहमति कार्यान्वयनको दबाबका लागि दाङमा मसाल जुलुस




घोराही, ४ पुष । नेपाल कम्युनिस्ट पार्टी घोराही नगरले नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न दबाब सिर्जनाका लागि घोराहीमा मसाल जुलुस गरेको छ । पार्टीको पूर्व घोषित कार्यक्रम अनुसार पार्टी घोराही नगरले सोमबार घोराहीमा मसाल जुलुस गरेको हो ।
कोणसभालाई सम्बोधन गर्दै नेकपा घोराही नगरका इञ्चार्ज महान सीले नेपाली जनताको मुक्तिको लागि लडेको नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारबीच भएको तीन बुँदे सम्झौता दुई वर्षसम्म पनि कार्यान्वयन नगरेको भन्दै आफूहरुले बाध्यात्मक रुपमा दबाब सिर्जना गर्नु परेको बताए । उनले यो देशमा जबसम्म नेपाली जनताको अधिकार प्राप्त हुन्न त्यतिबेलासम्म आफूहरुले क्रान्ति जारी राख्ने र एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने उद्घोष गरे ।

त्यसैगरी कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी सहायक संंगठन युवा संगठन नेपाल दाङका सचिब पदम सीले नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको तीन बुँदे सहमति कार्यान्वयनका लागि ल्याइएको अध्यादेश राष्ट्रपतिसमक्ष गएर रोकिनुमा दलाल राज्यसत्ता र दलाल साम्राज्यवादीको षडयन्त्र भएको बताए । उनले तीन बुँदे सहमति कार्यान्वयनका लागि पार्टी र सरकारबीच पटक–पटक वार्ता तथा सम्बाद भएको २१ महिना हुँदा समेत सो सहमति कार्यान्वयनका लागि राज्यसत्ताले विभिन्न षडयन्त्रहरु गरिरहेको जिकिर गरे ।

‘यो देशका राष्ट्रपति जनताका राष्ट्रपति होइनन्,’ उनले भने त्यो कपि वलीको इसारमा चल्ने राष्ट्रपति हुन् । वलीले अध्यादेश ल्याउने बेलामा उनले अध्यादेशको अध्ययन नगरी प्रमाणीकरण गरेर अध्यादेश जारी भएको थियो । अहिले आएर यो राष्ट्रियतासँग, देशको जनजीविका र जनतन्त्रसँग जोडिएको देशको राजनीतिक संकटलाई समाधान गर्नको लागि सरकार र पार्टीबीच भएको तीन बुँदे सहमति कार्यान्वयमा षडयन्त्र भइरहेको छ ।’
अहिले यो विवादित समयमा अध्यादेश ल्याएर जसरी रोक्ने नाटक मञ्चन भइरहेको छ । त्यो हामीलाई कदापी स्वकार्य हुनै छैन् । यो अध्यादेश कुनैपनि हालतमा प्रमाणीकरण गरेर राष्ट्रपतिले जारी गर्नुपर्छ उनले भने ।

घोराहीको लोक दोहोरी साँझ नजिकैबाट निकालिएको मसाल जुलुस तुलसीपुर चोकमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभाको सहजीकरण नेकपा घोराही नगर सेक्रेटरी दानबहादुर सीले गरेका थिए ।

No description available.

त्यसैगरी नेकपा लमही नगरले पनि   मशाल जुलुस सहित कोण सभा प्रदर्शन गरेको छ ।

मशाल जुलुस पश्चात् कोण सभालाई सम्बोधन गर्दै लमही नगर कमिटी इन्चार्ज कमरेड उज्ज्वलले सरकारले तत्काल तीन बुँदे कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । उनले तीन बुँदे सहमति कार्यान्वयनमा षड्यन्त्र भैरहेको आरोप पनि लगाएका छन् । उनले ३ बुँदे सहमति कार्यान्वयन नहुँदासम्म पार्टीले चुप नबस्ने उदघोष समेत गरेका छन्।

मसाल जुलुसका सहभागीले सरकार विरोधी नाराबाजी गर्दै मसाल बालेका थिए । मसाल जुलुस प्रदर्शनमा ३ बुँदे सहमति कार्यान्वयन गर , साम्राज्यवादी षड्यन्त्र विरुद्ध देशव्यापी संघर्ष, आस्थाका बन्दी रिहाई गर, राष्ट्रघाति एमसिसि खारेजी गर, एकीकृत जनक्रान्ति जारि छ , जस्ता नारा लगाएका थिए।

लमही नगरकमिटी इन्चार्ज कमरेड उज्ज्वलको नेतृत्वमा भएको
मशाल जुलुस प्रदर्शन कार्यक्रमको सहजिकरण भने नेकपा दाङ जिल्ला कमिटि सदस्य हरि यादवले गरेका थिए।

Facebook Comments