सल्यान, २ पौष । सल्यानमा वृहत साँस्कृतिक महोत्सव लाग्ने भएको छ। यहि पौष १३गते देखि २३ गते १० दिन सम्म नेपाल घरेलु तथा सान उद्योग महासंघ जिल्ला शाखा,सल्यानको आयोजनामा बृहत सल्यान लघु घरेलु उद्योग कृषि, पशु , पर्यटन तथा साँस्कृतिक महोत्सव सल्यान श्रीनगरमा लाग्ने भएको हो ।
महोत्सवको बारेमा जानकारी दिन शनिबार श्रीनगरमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।
उद्योग गरौं, उद्यमी बनौं, देश बिकासमा टेवा पुर्याऔँ, मेहनत, सृजना, उत्पादन र बस्तु मेरै नेपालको भन्ने नाराका साथ सञ्चालन हुने मोहत्सवमा सल्यान जिल्ला लगाएत छिमेकी जिल्लाका किसानले उत्पादन गरेका वस्तु प्रदर्शन गर्न पाउने भएका छन आयोजकका अनुसार उत्कृष्ट उत्पादनलाई पुरस्कृत गरिने भएको छ ।मोहत्सवमा राष्ट्रिय र स्थानीय स्तरका थुप्रै कलाकारको बेजोड प्रस्तुतिको रहने आयोजकले जानकारी दिएको छ।
गाउँ घरमा उत्पादित स्थानीय उत्पादनको प्रचार प्रसार गर्ने मुख्य उदेश्य रहेको आयोजकले बताएको छ ।मोहत्सवलाई करिब ५०हजारले अवलोकन गर्ने र१ करोड बराबर कारोबार हुने लक्ष्य आयोजकले लिएको छ।२सय देखि २सय ५० सम्म स्टल, पिङ लगाएताका मनोरञ्जनात्मक सामाग्री पनि राखिने भएको छ। मोहत्सव अवलोकन गर्नको लागि १०० रुपैया शुल्क लाग्ने भएको बताइएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।