• २४ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङमा आगोमा जलेर गम्भीर घाइते भएकी कुमालको मृत्यु




दाङ, २ पुस । दाङको तुलसीपुरमा खाना पकाउने क्रममा जलेर गम्भीर घाइते भएकी तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुर निवासी ५९ वर्षिय बसन्ती कुमालको मृत्यु भएको छ ।

कुमालको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा शनिबार दिउँसो १२ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।

डिएसपी मल्लका अनुसार शुक्रबार बेलकी ७ बजेतिर आगोले पोल्दा कुमालको कम्मरदेखि तलतिरको अधिकांश भाग जलेको थियो । घाईते कुमालको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारकालागि नेपालगन्ज रिफर गरिएको थियो ।

 

Facebook Comments