खुमबहादुर सुनार
लिवाङ, २ पुस । सुरक्षित गर्भपतन सुदृढिकरण परियोजना अन्तर्गत जिल्लास्तरीय परियोजना सल्लाहकार समितिसँगको समीक्षा बैठक लिवाङमा सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको हलमा शुक्रबार कार्यक्रम सञ्चालन गरिएको थियोे । आई पास नेपालको आर्थिक सहयोग तथा पास—नेपाल, रोल्पाको आयोजनामा उक्त कार्यकम गरिएको हो ।
पास नेपाल रोल्पाले सुरक्षित गर्भपतन सम्बन्धि सेवा रोल्पा जिल्लाका विभिन्न ४ गाउँपालिकामा दिइरहेको बताएको छ । जिल्लाका लुङग्री गाउँपालिका, सुनिलस्मृति गाउँपालिका , रुन्टीगढी गाउँपालिका, माडी गाउँपालिका र थवाङ गाउँपालिकामा लगाएतका गाउँपालिकामा यस कार्यक्रम गरेको पाइन्छ । यसलाई अझैसम्मसम्वन्धी सचेतनाका विभिन्न सवालमा छलफल तथा अन्तरक्रिया गरेर आएको छौँ कार्यक्रमको रोल्पाका पास नेपालका संयोजक ममता खात्रीले जानकारी गराउनु भएको थियो उक्त समिक्ष बैठकमा पास नेपाल रोल्पाले अहिले सम्म सुरक्षित गर्भपतनको सेवाको बारेमा कुन कुन ठाउँमा के कति योगदान पुरायाएको छ त्यसको बारेमा प्रस्तुती समेत गरिएको थियो ।
पास नेपाल रोल्पाले यी ४ क्षेत्रमा भएका महिलाहरुलाई गर्भपतन सेवा भनेको के हो , अनिश्चित रुपमा गर्भ रहन गएमा सुरक्षित गर्भपतन के कसरी गर्न सकिन्छ, सुचिकृत संस्थाहरु कुन कुन ठाउँमा सञ्चालन भईरहेका छन, त्यहाँ कस्ता खालका सेवा लिन पाईन्छ, कति हप्ता सम्मको गर्भ गर्भपतन गराउन सकिन्छ, हाड नाता तथा बलात्कारबाट गर्भ रहेमा के कस्था कानुनि प्रकृया अपनाउन सकिन्छ, कानुनले गर्भपतन को विषय तथा महिलाको लागी के कस्ता नीति नियम बनाई कार्यान्वयन गरीरहेको छ , गोपनियताको सुनिश्चितता लगाएत विषयमा पालिकासँग समन्वय गरेर त्यस बारेम बृहत रुपमा छलफ गरेको पास नेपाल रोल्पाका जिल्ला संयोजक ममता केसीले बताउनुभयो । सुरक्षित गर्भपतन सुढृदिकरण कार्यक्रम सञ्चालन गरीएको गाउँपालिकामा उल्लेख्यमात्रमा सुधार आएको पनि केसीले बताउनु भयो ।
उहाँले उक्त परियोजना मे महिना बाट यहि डिसेम्बर महिना सम्म रोल्पाका यी पालिकामा कार्यक्रम गरी त्यहाँका सम्पुर्ण किश्वर किश्वरी तथा महिलाहरुलाई सचेत बनाईएको बताउनु भयो । उक्त कार्यक्रम सञ्चालन गर्दा रोल्पा बाट च्यान्पीयन महिला पनि बनाईएको समिक्ष बैठकमा बताईएको छ । ति च्यान्पियन महिलाले अन्य दिनहरुमा सुरक्षित गर्भपतनका विषयमा जानकारी लिन चाहने र सुरक्षित गर्भपतन गराउन चाहाने दम्पति, अविवाहीत महिलालाई परामर्श दिने गरी तयार पारेको समेत छ । त्यसले गर्दा सुरक्षित गर्भपतनको विषयमा सरल र सहज हुने पास नेपालको आँकालन रहेको छ । साथै पास नेपालले उक्त कार्यक्रम सञ्चालन गरीरहेको पालिकाले पालिकामा सुरक्षित गर्भपतन सम्बन्धि सेवालाई प्रभावकारी बनाउनको लागी बजेज समेत विनियोजन गरेका छन् ।
गाउँपालिकाको त्यस्तो सहरायिन कार्यले समग्र पालिकामा हुने असुरक्षित गर्भपतनको विषयलाई कम बनाउन सहयोग गर्ने अपेक्षा लिएको छ । पास नेपाले विभिन्न सञ्चार माध्यम गर्भपतन सम्बन्धि सुचना प्रसारण गर्नुका साथै विभिन्न आमा समुह, महिला समुह तथा परिवारका अन्य सदस्यसँग बसेर पनि त्यस बारेमा सुचना दिईरहेको बताएको छ ।
पास नेपालको समिक्षा बैठकमा उसले पालिकामा गरेको सम्पुर्ण कामलाई पुर्णता दिएको विभिन्न डाटाहरु पनि प्रस्तुत गरेको थियो ।
साथै पास नेपालले समिक्षा बैठकमा सहभागी भएका जिल्ला स्थित विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधी, स्वास्थ्य कार्यालयका प्रतिनिधि, जिल्ला स्थित महिला अधिकारकर्मी , महिलाहरु, पत्रकारसंग छलफल गरी अब आगामी दिनमा पास नेपालले सुरक्षित गर्भपतनको क्षेत्रमा अझे के गर्न सक्छ भन्ने विषयमा छलफ समेत गरेको थियो ।
उक्त छलफलमा रोल्पा जिल्लाका निमिक्त प्रमुख जिल्ला अधिकारी धुर्बप्रसाद कोईरालाले पास नेपालले गरेको कार्यक्रम प्रती अती नै खुसी छ जिल्ला प्रशासनले जसरी बालविवाह कम गराउनको लागि पनि फरकफरक पातिको मान्छेले बालविवाह रोक्ने अनि समाज विकृति पनि उहीँ कारणले आएको हो पनि कोइरालाले भनु थियो । यस कार्यक्रमलाई अझै विस्तृत रुपमा सबै पालिकामा विस्तार गर्न सके रोल्पाका जनसमुदायले थप लाभान्वीत हुने बताउनु भयो । सरकारले गर्ने यी कार्यहरुमा गैरसरकारी संस्थाले सहयोग पुराएको अतुलनिय र सधै अपुग भईरहने जानकारी दिनु भयो । गर्भपतन गर्ने विषयमा महिलाहरु अझै पनि खुलेर ढुक्क संग कुरा राख्न नसक्ने भएकाले अझै पनि असुरक्षित गर्भपत भईरहेको बताउनु भयो ।
आजको २१ औ शताब्दीमा आई पुग्दा पनि आफ्नो कुरा राख्न नसक्ने भएकाले कतिपय महिलाले थप समस्या भोग्नु परेको उहाँको भनाई छ । त्यसैले गर्भपतनको विषयमा खुलेर बोल्ने वातावरण बनाउनेमा महिलाको नै बढि भुमिका हुनपर्ने उहाँको भनाईछ । घरमा आफ्नो आमा, दिदि, भाउजु लगाएतले पनि यी समस्यामा खुलेर बोल्नु पर्छ भन्ने माहोल बनाउनु पर्ने अबको आवश्यकता भएको बताउनु भयो । यसले गर्दा असुरक्षित गर्भपतन हुने सम्भावना न्यून भएर जाने उहाँको भनाई छ ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रोल्पाका कार्यबाह प्रमुख कर्मलाल परियारले यस कार्यक्रम अहिले आएको भए पहिलेको जस्तो आफ्नो सन्तानको इच्छा पुरा नभएर कतिपयले त दस बाह् छोरा र छोरी जन्ममा उने गरेको पनि धेरै जसो गाउँपालिकामा रहेको छ । यतिमात्र नभए कसैले छोराको चाहना र कसैले छोरीको चाहनाले गर्दा पनि बदि सन्तान भएको थियो त्यसैले बदि सन्तान भए पछि पढाउनको लागि धेरै समस्या भएको अनि गरिबी हुने पनि परियारले बताउनुभयो । यतिमात्र नभए सबै विद्यालयमा यस्तो असुरक्षित गर्भपतन सम्धिनी र बालविवाह गरेपछि सानै उमेरमा बच्चा जन्माउदा पछि आमालाई कति असर गर्ने मात्र नभएर बिचैमा गर्भ टुहुने , अनावश्यक औषधी सेवन गरेर गर्भपतन गर्दा पछि समाजमा विचलित हुने पनि सानो सोच राखेर पनि महिला पछि परेको पनि बताउनुभयो ।
कार्यक्रम गरेको त्यसलाई अझै पनि राम्रोसँग लगत रूपामा सञ्चालन लिनु पर्छ भनेर नगरपालिकाका नगर प्रमुख उप प्रमुख र सम्पूर्ण वडा अध्यक्ष यस जिल्लामा कार्यक्रम गरेर यस कार्यक्रम जसरी ४ गाउँपालिकामा सुसुचित गरीएको छ त्यसरी अन्य पालिकामा पनि विस्तार गर्न सके यहाँका महिलाहरुलाई लाभ पुग्ने बताउनु भयो । यस्ता कार्यक्रमहरुलाई पालिकाहरुसँग समन्वय गरेर अगाडी बढेमा थप सहज र प्रभाकारी हुने परियारले जानकारी दिनु भयो ।
कार्यक्रममा सहभागीहरुले पास नेपालले गरेको कार्यको तारीफ गर्दै सुरक्ष्ति गर्भपतनको विषय सँगसँगै परिवार नियोजनको विषयमा पनि छलफल र सुसुचित गराएमा गर्भपतन गराउनु पर्ने बाध्यता कम भएर जाने बताएका छन् ।विभिन्न विद्यालयमा भएका किशोर किशोरी लाई पनि परिवार नियोजनका साधनहरुको बारेमा सुसुचित गराउनु पर्ने उनिहरुको सुझाब रहेको छ ।
जिल्ला समन्वय समिति रोल्पाका उपम्रमुख कर्मलाल परियारको अध्यक्षतामा सुरु भएको कार्यक्रमको अतिथिमा निमित्त प्रमुख जिल्ला अधिकारी धुर्बप्रसाद कोईराला रहनु भएको थियो । उक्त कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलय, यु एस ए आई डि, डिकोस, विभिन्न विद्यालयका प्रअ, अधिवक्ता, महिला अधिकारकर्मी लागएत जिल्ला स्थित विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
