सल्यान, १ पुस । सल्यानको बगचौर नगरपालिकामा रहेको जन कल्याण क्याम्पस थारमारेमा २ दिने निःशुल्क आँखा शिविर सुरु भएको छ । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालको प्राविधिक सहयोग, नेपाल नेत्रज्योति संघ एकीकृत आँखा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशको आर्थिक सहयोग तथा बाघचौर नगरपालिकाको आयोजनामा बिहिबारदेखि थारमारेमा उक्त आँखा शिविर सुरु भएको हो ।
शिविरमा पहिलो दिन ३७६ जनाको आँखा जाँच र ६७ जना मोतिविन्दुको शल्यक्रिया गरिएको नेत्र अधिकृत शालिकराम गौतमले जानकारी दिए ।
नेत्रविशेषज्ञ डा सन्तोष सुवेदीको नेतृत्वमा गएको प्राविधिक टोलिले सेवा दिएको हो। साथै शिविर आजसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

