• २३ फाल्गुन २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
विभिन्न निर्णय गर्दै फूलबारी वनको विशेष आमभेला सम्पन्न




ओखरपाटा, २८ मंसिर । रोल्पाको रुन्टीगढी -६ मा रहेको फूलबारी सामुदायिक वन उपभोक्ता समूहको विशेष आमभेला विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । वनको आयोजनामा मंगलबार रुन्टीगटी – ६ छापमा रहेको जनगागृति प्राथमिक विद्यालयमा उक्त भेला सम्पन्न भएको हो ।

फूलबारी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जंगबहादुर रेउलेको अध्यक्षमा बसेको विशेष आमभेलाले सामुदायिक वनभित्र रहेको घुरो अगामी पुसको ८ र ९ गते काट्ने, डालेघाँस आगामी माघ २५ गतेदेखि काट्न सुरु गर्ने, सामुदायिक वनमा रहेको गडेरी टिप्नेलाई समूहले दण्ड जरिवाना गर्ने निर्णयलाई उलंघन गर्दै थप गडेरी टिप्ने र रुख फडानी गर्ने उपभोक्तालाई १ हजारदेखि ३ हजार ५ सयसम्म र वडा बाहिरका उपभोक्तालाई ५ हजार दण्ड जरिवाना गर्ने, वनलाई थप संरक्षणमा प्रभकारी बनाउनका लागि एक जना वन हेरालु राख्ने, प्रांणगारीक मल उत्पादन गर्ने लगायतका महत्त्वपूर्ण निर्णयहरु गरेको छ ।

उक्त भेलामा उपभोक्ताहरुले वललाई संरक्षण र व्यवस्थापनमा जोड दिनुपर्ने बताएका थिए । वन समूहको निर्णयलाई उलंघन गर्ने जो कोहीलाई पनि वनको कार्ययोजना तथा विधान बमोजिम कारबाहीको दायरामा ल्याउनुपर्ने पनि माग गरेका थिए ।

Facebook Comments