रोल्पा प्रदेशसभा ” ख” तर्फका स्वतन्त्र बिजयी उम्मेदवार माननीय दीपेन्द्र कुमार पुन “सिजल” रोल्पाको समग्र बिकास कसरी गर्न सकिन्छ र विशेष त शैक्षिक सुधार, भौतिक पुर्वाधार र बिद्धुतको बिकास लगायतका बिषयमा छलफल र कार्यनयन लाई लिएर भेटघाट लाई तिब्रता बढाएका छ्न् ।
माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल बिच भेटघाटपछि माननीय ज्युहरुबाट एक अर्कामा निर्वाचित भएकोमा बधाई शुभकामना आदान प्रदान गर्नुभएको हो ।
भेटमा रोल्पाको शैक्षिक क्षेत्रको विकासबारे छलफल, रोल्पामा भौतिक पूवाधारहरु निर्माणमा प्राथमिकता दिन पनि अनुरोध गर्नुभएको छ भने भेटघाटमा रोल्पामा शिक्षक दरबन्दी अवस्थाको विषयमा पनि छलफल भएको छ ।
त्यसैगरी रोल्पाको बिद्युत समस्या समाधान गर्न नेपाल बिधुत प्राधिकरण कार्यकारी निर्देशक कहाँ पुगे । प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि पहिलोपटक राजधानी काठमाडौ पुगेका उनले रोल्पामा बिधुत बिस्तारमा ढिलासुस्ती हुनुको कारण छलफल गर्न कार्यकारी निर्देशक कुलमान घिसिंङ समक्ष भेट गर्न पुगेका हुन ।
भेटमा रोल्पाको बिधुत बिस्तारमा ठेकेदारबाट उत्पन्न समस्याले बिधुत बिस्तारमा ढिला भएको र उक्त ठेकेदारबाट ठेक्का रद्द गरी अर्कों द्रुत गतिमा काम गर्नेलाई जिम्मा दिन कार्यकारी निर्देशक कुलमान घिसीङलाई माननीय दिपेन्द्रकुमार पुन ले अनुरोध गरेका थिए।
सोही बिषयमा रोल्पामा बिद्युत बिस्तार ठेक्का समस्या एक हप्ता भित्रमा पुरानो ठेक्का समझौता रद्द गर्ने र सो काम काम गर्ने कम्पनीलाई जिम्मा दिनु भनि कार्यकारी निर्देशक कुलमान घिसीङ द्वारा टेलिफोन गरि निर्देशन गरेका छन् ।
केही दिन अघि रोल्पा गंगादेब गाउपालिकामा पुगेका स्वतन्त्र सांसदले रोल्पाको बिद्युत समस्या सुल्झाउन कुलमान घिसिङको कार्यालय घेर्न जाने सम्म बताएका थिए । उनको सक्रियताप्रती रोल्पाका मतदाता र शुभेच्छुक हरु निकै उत्साहित र आशावादी देखिएकाछ्न ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
