मंसीर २६, सल्यान । शारदा मिडिया संगमदवारा सञ्चालित जिल्ला कै पहिलो सामुदायिक रेडियो राप्ती एफएम १०४.८ मेगाहर्ज आज देखी १६ औँ बर्षमा प्रवेश गरेको छ । २०६४ साल मंसिर २६ गतेदेखी नियमित प्रशारण शुरु गरेको रेडियो १५ औँ बर्ष पुरा गरेर आज देखी १६ औँ बर्षमा प्रवेश गरेको हो ।
१५ औँ बार्षिकोत्सवका अवशरमा रेडियोले आज दिउसो शुभकामना आदानप्रदान कार्यक्रम गर्ने तयारी गरेको छ ।

रेडियो राप्ती एफ।एम।ले आज दिउसोँ रेडियो परिसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो । सल्यान जिल्ला कै पहिलो रेडियोका रुपमा २०६४ साल मंसिर २६ गतेदेखी नियमित प्रशारण शुरु गरेको रेडियोले सत्यतथ्य समाचार, सुचना, बिज्ञापन, गितसंगित प्रशारण गर्दै आएको छ । एक सय वाट क्षमता भएको यस रेडियो अहिले दैनिक १७ घण्टा प्रशारण हुदैँ आएको छ ।
रेडियोको प्रशारण सल्यान सहित दाङ, रोल्पा, रुकुम, प्यूठान, जाजारकोट, सुर्खेत लगाएतका छिमेकी जिल्लाहरुमा सुन्न सकिन्छ । रेडियोको पहुँचमा करिब १५ लाख श्रोता रहेका छन् । नागरिकको सूचना प्राप्त गर्ने हकलाई सुनिश्चित गर्ने लक्ष्यका साथ जिल्लाको नै पहिलो रेडियो राप्ती एफ।एम।ले आवाज बिहिनको आवाजको रुपमा काम गरिरहेको रेडियोका अध्यक्ष रमेश गौतमले जानकारी दिनु भयो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
