• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा किसानलाई डेविट र क्रेडिट कार्ड




दाङ तुलसीपुरका किसानलाई डेविट र क्रेडिट कार्ड वितरण गरिएको छ । पहिलो चरणमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ का किसानहरुलाई डेबिट र क्रेडिट कार्ड वितरण गरिएको हो । वडाध्यक्ष शिवानन्द डाँगीका अनुसार ४० जना किसानलाई डेबिट कार्ड र १३ जना किसानलाई क्रेडिट कार्ड वितरण गरिएको हो ।

सीसा परियोजना,सीमिट इन्टरनेश्नल र आईडीई नेपालको आर्थिक सहयोगमा मेघा बैंकले उक्त डेविट र क्रेडिट कार्ड वितरण गरेको हो ।

डेविट र क्रेडिट कार्डले किसानहरुलाई डिजिटल बैंकिङ कारोबार गर्न सहज बनाउने भन्दै यो किसानहरुलाई खुसीको कुरा भएको वडाध्यक्ष डाँगीको भनाई थियो ।

 

 

आर्थिक अभाबले कृषि खेतिमा नै प्रभाब पार्ने अबस्था आउन सक्ने भन्दै त्यसलाई न्यूनिकरण गर्न यसले भूमिका खेल्ने अध्यक्ष डाँगीको भनाई थियो ।“ क्रेडिट कार्डबाट किसानले मल, विउलगायत अन्य कृषि सम्बन्धी सामग्री चाहियो भने लैजान सक्नु हुन्छ”,उहाँले भन्नुभयो“यसले किसानलाई फाइदा पु¥याउँछ ।”

 

क्रेडिट कार्य प्राप्त किसानलाई विना धितो राज्यले २ लाखसम्म ऋण दिन्छ । सहुलियत कर्जाका रुपमा पाउने त्यो ऋण किसानहरुले कृषि उत्पादन विक्री पछि प्राप्त गरेको रकमले पनि तिर्न सक्छन् । उनीहरुले त्यो ऋण कृषि सामग्री खरिद भन्दा अन्य कामकालागि प्रयोग गर्न पाउँदैनन् ।

त्यस्तै डेविट कार्डबाट किसानहरुले अनुदान सहयोग, क्षतिपूर्ति हालिदिनकालागि प्रयोग हुनेछ । क्रेडिट कार्ड प्रत्येक बर्ष नवीकरण गर्नुपर्छ, भने डेविट कार्ड ५र५ बर्षमा नवीकरण गर्नुपर्छ ।

पहिलो चरणमा वडा नं. १६ बाट वितरण गरिएको भएपनि सबै पालिकाका सबै किसानलाई उक्त कार्ड प्रदान गरिने सीसा परियोजनाका कार्यक्रम अधिकृत जंगबहादुर गुरुङले बताउनुभयो ।“सुरुवात वडा नं. १६ बाट भयो, १३ मा पनि वितरण गर्ने तयारी गरेका छौं”,उहाँले भन्नुभयो“अब हामीले उपमहानगरपालिकासंग समन्वय गरेर सबै वडामा पु¥याउने छौं ।”

कार्ड पाएपछि किसानहरु पनि खुसी भएका छन् । आफूहरुले अनुदान पाउने गरि क्रेडिट कार्ड दिएपछि यसले थप सहज ल्याउने किसान बिरबल केसीले बताउनुभयो ।

Facebook Comments