घोराही, २५ मंसिर । दाङमा हननी ट्रयापको आरोपमा एक पुरुष र २ जना महिलासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका मुद्भा फाटका प्रहरी निरीक्षक सन्जिब बेलबासेले हनि ट्रयापको अभियोगमा घोराही १० नारायणपुरबाट पुरुष र तुलसीपुरबाट २ जना महिलालाई नियन्त्रणमा लिइएको बताए । उनका अनुसार पक्राउ पर्नेमा घोराही १० नारायणपुरका २७ बर्षिय रुद्रबहादुर केसी, तुलसीपुर १८ ग्वारखोलाकि ३६ बर्षिय कृष्णिकुमारी बस्नेत, गढवा ६ घर भई हाल तुलसीपुर बस्दै आएकि ३५ बर्षिय अनुष्का सिंह भनेर चिनिने कृष्णि गहतराज रहेका छन ।
प्रहरी निरीक्षक बेलबासेले तुलसीपुरका एक जना ब्यबसायिलाई व्ल्याकमेलिङ गर्दै मोटो रकम नदिए बलात्कार मुद्भा हाल्ने भनेर ती महिलाहरुले धम्कि दिदै आएका थिए । ती पीडित ब्यबसायीले आफुलाई यौन सम्बन्धको प्रस्ताब राख्दै व्ल्याकमेलिङ गर्न खोजेपछि प्रहरीमा जाहेरी दिएका थिए । जाहेरीपछि प्रहरीले घोराहीबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरी निरीक्षक बेलबासेले घटनाको मतियारको रुपमा पक्राउ परेकि अनुष्का रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए ।
अनुष्कासंग दुइ वटा नागरिकता रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपि तथा प्रबक्ता राजन गौतमले उनिहरु विरुद्ध मुद्धा दर्ता भई घटनाको बिस्तृत अनुसन्धान भइरहेको जानकारी दिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।