• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कलश सहकारीको साधारणसभा, नियमित बचतमा जोड




घोराही, २४ मंसिर । कलश बचत तथा ॠण सहकारी संस्था लिमिटेडको एघारौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको आयोजनामा `सम्पूर्ण वित्तीय समाधान सहितको उत्कृष्ट सहकारी´ भन्ने मूल नाराको साथ शनिबार घोराहीमा रहेको बहुउद्देश्यीय सभाहलमा उक्त साधारणसभा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि घोराही उपमहानगरपालिकाकाकी उपमेयर हुमाकुमारी डिसीले हरेक आफ्नो कमाइ अनुसार बचत गर्नुपर्ने बताइन् । कलस बचत तथा ॠण सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारणसभा उपमेयर डिसीले उक्त कुरा बताएकी हुन्। थोरै ( थोरैबाट बचत गर्दै गरियो भनेपनि आफूलाई अप्ठ्यारो पर्दा अरुको हात थाप्न नपर्ने त्यो एउटा बचत हो, उनले भनिन् ।

सहकारीमा काम गरेको स्मरण गर्दै उपमेयर डिसीले हिजो दिनमा बचत गरेर मात्र खर्च गर्नुपर्ने भन्दै आफू सहकारीमा जोडिएको बताइन् । साथै बचतले अप्ठ्यारो परिस्थितिमा पनि सहजता हुने भएकाले हरेक नागरिकले सहकारीमा बचत गर्ने बानीको विकास गर्नुपर्ने कुरामा जोड दिइन् ।

घोराही उपमहानगरपालिकाको अभिभावक बनाउनेमा यो संस्था र संस्थाका सदस्यहरुको महत्त्वपूर्ण भूमिका रहेको भन्दै घोराही उपमहानगरपालिका सधैं सहकारीहरुको साथ रहने उनले उद्घोष गरिन् ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै राष्ट्रिय सहकारी बैंक घोराही शाखाका प्रमुख डिल्लीराज दाहलले नियमित बचतले आफ्नो भविष्य सुरक्षित हुने बताए । उनले बचत गर्दा सहकारीमा गर्नुपर्ने र हरेक बचतकर्ता एउटा संस्थामा मात्र शेयर सदस्य बन्नुपर्ने कुरामा जोड दिए ।

सम्पूर्ण शेयर सदस्यहरुको तर्फबाट बोल्दै शिवाकुमारी जिसीले यो सचेत युवा र वुद्दिजीविको सहकारी भएको बताएकी छन् । उनले सहकारीमा नियमित बचत गर्ने बानीको विकास गरे आफूलाई सहज हुने कुरामा जोड दिइन् ।

संस्थाले संस्थामा विभिन्न विधाहरुमा शेयर सदस्यहरुलाई सम्मान गरेको छ । नियमित रुपमा बचत गर्ने, असल बचत, बाल बचत लागायका विभिन्न विधाका सदस्यहरुलाई सम्मान गरेको थियो ।

संस्थाका व्यवस्थापक प्रकाश अधिकारीले कार्यक्रमको बारेमा जानकारी गराएका थिए । सहकारीका कोषाध्यक्ष नवराज भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखापरीक्षणका समितिको संयोजक गेहेन्द्र बस्नेतले लेखा परीक्षणको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेफ्स्कूनका प्रमुख विष्णु जोसी, जिल्ला बचत संघका सचिव बिमल अधिकारी, घोराही उपमहानगरपालिका सहकारी तथा रोजगार प्रवर्द्धन शाखाकी प्रतिनिधि देवा सुवेदी, नेपाल पत्रकार महासंघ दाङ शाखाकी उपाध्यक्ष बसुन्धारा गौतम, सल्लाहकारको तर्फबाट संस्थाका प्रेस सल्लाहकार हेमराज शर्माले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कलश बचत तथा ॠण सहकारी संस्था लिमिटेडका अध्यक्ष बालचन्द्र शर्माको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाकी उपमेयर हुमा डिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न संघ संस्था प्रमुख, पत्रकार, संस्थाका शेयर सदस्यहरुको सहभागिता रहको थियो ।

संस्थाका उपाध्यक्ष नवीन कुमार पाण्डेयको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण संस्थाका सचिव विमल योगीले गरेका थिए ।

Facebook Comments